२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको समयमा लागू भएको कर्फ्यु हटाएको छ । सेनाले दिएको जानकारीअनुसार अब कर्फ्यु आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म मात्र लागु हुनेछ ।

यससँगै आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । बिहान ११ बजेसम्म भने निषेधाज्ञा पनि हटाइएको थियो ।

जेन जेड आन्दोलनको क्रममा हिंसात्मक घटना भएपछि उपत्यकामा कडा सुरक्षा व्यवस्था लागू गरिएको हो । तर क्रमशः कर्फ्यु र निषेधाज्ञा खुकुलो बनाएसँगै जनजीवन सामान्यतर्फ उन्मुख भएको छ । अघिल्ला दिनको तुलनामा आज सडकमा सवारीसाधनको संख्या बढेको देखिएको छ ।

सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध भदौ २३ गते प्रदर्शन हिंसात्मक भएपछि २४ गते राति १० बजेदेखि सेनाले सुरक्षा कमाण्ड सम्हालेको थियो । सुरुमा देशव्यापी कर्फ्यु आदेश जारी गरिएको भए पनि अहिले काठमाडौं उपत्यकामा मात्र सीमित गरिएको छ ।

सुरक्षा निकायका अनुसार कर्फ्यु आदेश हिँडडुल तथा सम्पूर्ण आवतजावत रोक्ने कडा नियम हो भने निषेधाज्ञा भिडभाड रोक्न लगाइने उपाय हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय