२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको समयमा लागू भएको कर्फ्यु हटाएको छ । सेनाले दिएको जानकारीअनुसार अब कर्फ्यु आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म मात्र लागु हुनेछ ।

यससँगै आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । बिहान ११ बजेसम्म भने निषेधाज्ञा पनि हटाइएको थियो ।

जेन जेड आन्दोलनको क्रममा हिंसात्मक घटना भएपछि उपत्यकामा कडा सुरक्षा व्यवस्था लागू गरिएको हो । तर क्रमशः कर्फ्यु र निषेधाज्ञा खुकुलो बनाएसँगै जनजीवन सामान्यतर्फ उन्मुख भएको छ । अघिल्ला दिनको तुलनामा आज सडकमा सवारीसाधनको संख्या बढेको देखिएको छ ।

सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध भदौ २३ गते प्रदर्शन हिंसात्मक भएपछि २४ गते राति १० बजेदेखि सेनाले सुरक्षा कमाण्ड सम्हालेको थियो । सुरुमा देशव्यापी कर्फ्यु आदेश जारी गरिएको भए पनि अहिले काठमाडौं उपत्यकामा मात्र सीमित गरिएको छ ।

सुरक्षा निकायका अनुसार कर्फ्यु आदेश हिँडडुल तथा सम्पूर्ण आवतजावत रोक्ने कडा नियम हो भने निषेधाज्ञा भिडभाड रोक्न लगाइने उपाय हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय