२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत |

प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । यसका लागि आन्तरिक छलफल जारी रहेको उनको सचिवालयले जनाएको छ ।

मन्त्री बन्ने सम्भावित नाममा अधिवक्ता ओमप्रकाश अर्याल र पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको चर्चा भए पनि अन्तिम निर्णय भने भइसकेको छैन । हालसम्म सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले स्वयं सम्हाल्दै आएकी छन् ।

यसबीच, प्रधानमन्त्री कार्कीले शनिबार ‘जेन–जी’ आन्दोलनका क्रममा घाइते भएका प्रदर्शनकारीलाई काठमाडौंका विभिन्न अस्पतालमा भेटेकी थिइन् । उनले बानेश्वर र महाराजगञ्जलगायत स्थानको अवलोकनसमेत गरेकी थिइन् ।

‘जेन–जी’ आन्दोलनका क्रममा काठमाडौंसहित देशभर आगजनी, तोडफोड र लुटपाट भएका थिए । सो क्रममा शीतल निवास, बालुवाटार, संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालतजस्ता राज्यका प्रमुख संरचना क्षतिग्रस्त भएका छन् ।

राजनीतिक स्थायित्वका लागि मन्त्रिपरिषद् विस्तारलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । कार्की नेतृत्वको सरकारले कसलाई मन्त्री बनाउने भन्ने चासो अझै बढेको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय