२०८२ माघ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

बागमती प्रदेश सरकारले काठमाडौँ उपत्यकाको यातायात व्यवस्थालाई सहज र एकीकृत बनाउने तयारी थालेको छ । प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र सवारीसाधन सम्बन्धी सेवा प्रवाहलाई सरल बनाउन सेवा विस्तार सहित एकीकृत गर्ने तर्फ अग्रसर भएको हो ।

प्रदेश सरकारको २०८० मंसिरको मन्त्रिपरिषद्ले गरेको सङ्गठन संरचना सर्वेक्षणको निर्णय अनुसार उक्त कार्यमा अग्रसर भएको हो । प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी विमल कुमार भट्टराईका अनुसार काठमाडौँ उपत्यकाका ३ प्रमुख यातायात कार्यालयको स्थानान्तरण, क्षेत्राधिकार विस्तार सहित सेवा एकीकृत गर्ने काम अघि बढाएको हो ।

सेवा विस्तारसँगै ती कार्यालयहरू सवारी दर्ता, नवीकरण, नामसारी लगायत सवारी चालक अनुमति पत्र वितरण तथा नवीकरणको काम समेत अघि बढाउने उनले बताए ।सवारी दर्ताको काम नगरेका र सवारी चालक अनुमतिको काम गर्न पूर्वाधार तयार गर्ने सरकारको निर्णयलाई कार्यान्वयनमा अघि बढाइएको उनले बताए । उक्त निर्णय कार्यान्वयन भएसँगै सवारी चालक अनुमति पत्र वितरणको लागि नयाँ ट्रायल सेन्टरहरू थप गर्ने प्रक्रिया समेत थालिने उनले बताए ।

प्रदेश सरकारले २०८० साल मङ्सिरमा गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा यो प्रक्रिया अघि बढेको हो, जसले उपत्यकाका सेवाग्राहीले वर्षौँदेखि भोग्दै आएको झन्झटलाई न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ ।’ उनले भने, ‘सो निर्णय अनुसार भक्तपुरको सल्लाघारीबाट सेवा दिइरहेको यातायात व्यवस्था सेवा कार्यालयलाई काठमाडौँको कोटेश्वरमा सारिनेछ । सवारीसाधन सम्बन्धी काम मात्र गर्दै आएको यो कार्यालयले अबदेखि लाइसेन्स सम्बन्धी सम्पूर्ण सेवा पनि प्रदान गर्नेछ । काठमाडौँको सानोभर्‍याङमा अवस्थित यातायात व्यवस्था सेवा कार्यालयलाई बालाजुमा स्थानान्तरण गरिनेछ ।

यस कार्यालयले पनि आफ्नो सेवा विस्तार गर्दै सवारी करसँगै लाइसेन्सका कामहरू समेत गर्नेछ । हाल लाइसेन्सको मात्र काम गर्दै आएको ठूलोभर्‍याङस्थित कार्यालयलाई कलंकीमा सारिनेछ । स्थानान्तरणसँगै यस कार्यालयको कार्यक्षेत्र विस्तार गरी सवारीसाधन दर्ता, नवीकरण र नामसारी जस्ता सेवाहरू पनि थपिनेछन् । ३ वटै कार्यालयहरू एकै स्थानबाट सवारी र लाइसेन्स दुवैको एकीकृत सेवा प्रदान गर्ने केन्द्रको रूपमा विकसित हुनेछ ।’

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय