२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत |

नेकपा एमाले सचिवालय बैठक आइतबार दिउँसो बस्दैछ। पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठक दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीनिवास गुण्डुमा बोलाइएको छ।

आजको बैठकमा भदौ २३ र २४ गतेको आन्दोेलनको गम्भीर समीक्षा हुने एमालेका नेताहरूले बताएका छन्। जेन–जी विद्रोहबाट सत्ताच्युत भएपछि अध्यक्ष ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर नेपाली सेनाको ब्यारेकमा गएका थिए।

गत असोज २ गते मात्रै उनी ब्यारेकबाट फर्किएका हुन्। स्रोतका अनुसार उनी ब्यारेमै छँदा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बैठक बोलाउन माग गरेका थिए। अध्यक्ष ओली निस्कन केही ढिलाइ हुने भएकाले बैठक बोलाएर परिस्थितिबारे छलफल गर्ने र धारणा बनाउने उनको जोड थियो।

तर ओलीले आफू नआइ बैठक नराख्ने बताएका थिए। गुण्डु डेरा सरेपछि पनि ओलीले बैठक राख्न आनाकानी गरेपछि नेताहरूले भेटेरै छलफलको माग गरेका थिए। यसबीचमा अध्यक्ष ओलीले सचिवालय तहकादेखि जनसंगठनसम्म नेता कार्यकर्तालाई निवासमै बोलाएर आफ्ना कुरा भन्ने, परिस्थितिबारे आफ्नो धारणा सुनाउने गरेका थिए।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि ‘अहिले नबोले कहिले बोल्ने?’ भन्दै अध्यक्ष ओलीमाथि दबाब बढाउने योजनामा छन्। नेताहरूका अनुसार उपाध्यक्ष विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’ले पनि अध्यक्ष ओलीको नेतृत्वमा पार्टी अगाडि बढ्न नसक्ने निष्कर्षमा पुगिसकेका छन्। आजको बैठकमा मुखर ढंगले प्रस्तुत हुन्छन् कि हुँदैनन् भन्नेचाहिँ प्रतीक्षाकै विषय रहेको उनीहरूले बताएका छन्।

सुदिप पौडेल
Website |  + posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय