२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

नेकपा एमाले सचिवालय बैठक आइतबार दिउँसो बस्दैछ। पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठक दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीनिवास गुण्डुमा बोलाइएको छ।

आजको बैठकमा भदौ २३ र २४ गतेको आन्दोेलनको गम्भीर समीक्षा हुने एमालेका नेताहरूले बताएका छन्। जेन–जी विद्रोहबाट सत्ताच्युत भएपछि अध्यक्ष ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर नेपाली सेनाको ब्यारेकमा गएका थिए।

गत असोज २ गते मात्रै उनी ब्यारेकबाट फर्किएका हुन्। स्रोतका अनुसार उनी ब्यारेमै छँदा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बैठक बोलाउन माग गरेका थिए। अध्यक्ष ओली निस्कन केही ढिलाइ हुने भएकाले बैठक बोलाएर परिस्थितिबारे छलफल गर्ने र धारणा बनाउने उनको जोड थियो।

तर ओलीले आफू नआइ बैठक नराख्ने बताएका थिए। गुण्डु डेरा सरेपछि पनि ओलीले बैठक राख्न आनाकानी गरेपछि नेताहरूले भेटेरै छलफलको माग गरेका थिए। यसबीचमा अध्यक्ष ओलीले सचिवालय तहकादेखि जनसंगठनसम्म नेता कार्यकर्तालाई निवासमै बोलाएर आफ्ना कुरा भन्ने, परिस्थितिबारे आफ्नो धारणा सुनाउने गरेका थिए।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि ‘अहिले नबोले कहिले बोल्ने?’ भन्दै अध्यक्ष ओलीमाथि दबाब बढाउने योजनामा छन्। नेताहरूका अनुसार उपाध्यक्ष विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’ले पनि अध्यक्ष ओलीको नेतृत्वमा पार्टी अगाडि बढ्न नसक्ने निष्कर्षमा पुगिसकेका छन्। आजको बैठकमा मुखर ढंगले प्रस्तुत हुन्छन् कि हुँदैनन् भन्नेचाहिँ प्रतीक्षाकै विषय रहेको उनीहरूले बताएका छन्।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय