२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

काठमाडौं महानगरपालिका भीमसेनस्थानमा सोमबार बिहान भीषण आगलागी भएको छ। प्रहरीका अनुसार, सिलिण्डर पड्किएपछि सुरु भएको आगलागीले तीन–चार वटा घर जलेका छन्।

प्रहरी वृत्त जनसेवाका प्रहरी सहायक निरीक्षक रवि चरणले नेपाल प्रहरीको समन्वयमा आठ–नौ वटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए।

हालसम्म मानवीय क्षति भएको जानकारी आएको छैन। तर क्षतिको यथार्थ विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। आगलागी भएको स्थान नजिकै मन्दिरसमेत रहेकाले स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरू सतर्क रहेका छन्।

अहिले सम्पूर्ण प्रयास आगो नियन्त्रणमा केन्द्रित गरिएको प्रहरीले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय