२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

‘हामी नेपाल’ का संयोजक सुदन गुरूङले आफ्नो संस्थालाई अब जेन–जी आन्दोलनबाट पूर्णतया अलग गराउने बताएका छन्। उनले फेसबुकमा भिडिओ प्रसारण गर्दै उक्त जानकारी दिएका हुन्।

जेन–जी आन्दोलनपछि चर्चामा आएका गुरूङ जेन–जीहरूको प्रतिनिधिकै रूपमा सुशीला कार्कीको प्रधानमन्त्री नियुक्ति प्रक्रियामा पनि जोडिएका थिए। उनी कार्कीको शपथग्रहण समारोहमा उपस्थित थिए। पछि मन्त्री नियुक्तिमा उनको टिप्पणी पनि सार्वजनिक भएको थियो।

उनले भिडिओमा भनेका छन्, ‘अब जेन–जी र हामी नेपाललाई पूर्णतया अलग गराउने हाम्रो सोचाइ छ। हामी नेपाल एक सामाजिक संस्था हो, र यो विगतमा जस्तै सामाजिक काममा मात्र केन्द्रित हुनेछ।’

हामी नेपालले लामो समयदेखि समाजका बेथिति, विसंगति र भ्रष्टाचारविरूद्ध आवाज उठाउँदै आएको उनले बताए। जेन–जी आन्दोलनका सहिद र घाइतेहरूका नाममा हामी नेपालले पैसा उठाएर दुरूपयोग गरेको आरोपको पनि उनले खण्डन गरेका छन्।

यो आन्दोलन जेन–जीहरूबाट सुरू भए पनि भोलिपल्ट सम्पूर्ण नेपाली होमिएका थिए। त्यसैले हामीले एजेन्डा कोर्दा २०–२५ जना टेबलमा बसेर कोर्ने होइन। दुर्गम गाउँको एजेन्डा बनाउँदा उनीहरूको पनि समस्या सम्बोधन हुने गरी बनाउनुपर्छ,’ उनले भने।

यसका लागि विभिन्न क्षेत्रका ५० जनाभन्दा बढी विज्ञहरूको टिम बनाएर एजेन्डा तयार पार्ने काम भइरहेको उनले बताए।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय