२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

‘हामी नेपाल’ का संयोजक सुदन गुरूङले आफ्नो संस्थालाई अब जेन–जी आन्दोलनबाट पूर्णतया अलग गराउने बताएका छन्। उनले फेसबुकमा भिडिओ प्रसारण गर्दै उक्त जानकारी दिएका हुन्।

जेन–जी आन्दोलनपछि चर्चामा आएका गुरूङ जेन–जीहरूको प्रतिनिधिकै रूपमा सुशीला कार्कीको प्रधानमन्त्री नियुक्ति प्रक्रियामा पनि जोडिएका थिए। उनी कार्कीको शपथग्रहण समारोहमा उपस्थित थिए। पछि मन्त्री नियुक्तिमा उनको टिप्पणी पनि सार्वजनिक भएको थियो।

उनले भिडिओमा भनेका छन्, ‘अब जेन–जी र हामी नेपाललाई पूर्णतया अलग गराउने हाम्रो सोचाइ छ। हामी नेपाल एक सामाजिक संस्था हो, र यो विगतमा जस्तै सामाजिक काममा मात्र केन्द्रित हुनेछ।’

हामी नेपालले लामो समयदेखि समाजका बेथिति, विसंगति र भ्रष्टाचारविरूद्ध आवाज उठाउँदै आएको उनले बताए। जेन–जी आन्दोलनका सहिद र घाइतेहरूका नाममा हामी नेपालले पैसा उठाएर दुरूपयोग गरेको आरोपको पनि उनले खण्डन गरेका छन्।

यो आन्दोलन जेन–जीहरूबाट सुरू भए पनि भोलिपल्ट सम्पूर्ण नेपाली होमिएका थिए। त्यसैले हामीले एजेन्डा कोर्दा २०–२५ जना टेबलमा बसेर कोर्ने होइन। दुर्गम गाउँको एजेन्डा बनाउँदा उनीहरूको पनि समस्या सम्बोधन हुने गरी बनाउनुपर्छ,’ उनले भने।

यसका लागि विभिन्न क्षेत्रका ५० जनाभन्दा बढी विज्ञहरूको टिम बनाएर एजेन्डा तयार पार्ने काम भइरहेको उनले बताए।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय