२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत | देशभर मनसुनी वायु कमजोर हुँदै पहाडी र तराई भू–भागमा मध्यम वर्षाको सम्भावना | जेनजी प्रदर्शनका क्रममा भागेका ५७ सयभन्दा बढी कैदी अझै फरार | खुम्बुमा असोजमै हिमपात, जनजीवन र पर्यटन प्रभावित |

कृत्रिम बुद्धिमत्ता प्रविधिमा काम गर्दै आएको कम्पनी ओपनएआई हालै सम्पन्न सेकेन्डरी सेयर बिक्रीपछि विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बनेको छ। यस प्रक्रियाबाट कम्पनीको मूल्यांकन करिब ५ सय अर्ब डलर पुगेको छ, जसले एलोन मस्कको कम्पनी स्पेसएक्सलाई पनि पछाडि पारेको छ।

यस कारोबारमा हालका र पूर्व कर्मचारीहरूले करिब ६.६ अर्ब डलर बराबरका सेयर लगानीकर्तालाई बिक्री गरेका छन्। यसले कम्पनीमा नयाँ लगानीकर्ताको प्रवेशसँगै बजार मूल्यांकन अझ उकासिएको छ।

यसअघि सन् २०२५ को मार्च महिनामा सफ्टबैंक नेतृत्वमा गरिएको लगानी राउन्डमार्फत ओपनएआईको मूल्यांकन करिब ३ सय अर्ब डलर पुगिसकेको थियो। तर पछिल्लो सेकेन्डरी कारोबारपछि उक्त मूल्यांकन अझै बढेको देखिन्छ।

स्पेसएक्सको मूल्यांकन अघिल्लो वर्ष करिब ४ सय अर्ब डलर रहेको अनुमान गरिएको थियो। ओपनएआईको पछिल्लो मूल्यांकनसँगै यो कम्पनी अब विश्वकै सबैभन्दा मूल्यवान स्टार्टअपको रूपमा स्थापित भएको छ।

सुदिप पौडेल
Website |  + posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय