२०८२ आश्विन २३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बीपी राजमार्गको ३ स्थानमा डाइभर्सन तयार | प्राधिकरणको तथ्यांक: असोज १७ पछिका विपद् घटनामा ज्यान गुमाउनेको संख्या ५३ पुग्यो | टि–२० विश्वकप छनोटमा नेपालको धमाकेदार सुरुवात | कांग्रेस पदाधिकारी बैठक आज असोज २६ को केन्द्रीय बैठक एजेन्डा तय हुने | मनसुन कमजोर बन्दै, देशका अधिकांश स्थानमा मौसम सफा रहने | विपिन जोशीको अवस्थाबारे अझै कुनै जानकारी छैन : इसराइलस्थित नेपाली राजदूत | विदेशमा रहेका नेपाली राजदूतहरूसँग प्रधानमन्त्रीले गरिन छलफल | नागरिक सुरक्षामाथि आयोगको चिन्ता : हिंसात्मक घटनाको निष्पक्ष छानबिन माग | प्रधानमन्त्री कार्कीको निर्देशन : ‘नेपालको नयाँ यथार्थ विश्वसामु पुर्‍याउनुस्’ | टी–२० विश्वकप छनोट : कुवेतविरुद्ध पहिलो खेलमा नेपालको ब्याटिङ |

गत असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको तीन स्थानमा डाइभर्सन बनेको छ । काभ्रे खण्डको रोशी गाउँपालिका ७ मा रहेको घुमाउनेमा डाइभर्सन बनेको छ

डाइभर्सन बनेपछि कटुञ्जे डाँडादेखि चारसयबेसीसम्म सहजै दुईतर्फी सवारी सञ्चालनमा आएका छन् । तर चौकीडाँडामा डाइभर्सन निर्माण पश्चात मात्र चारसयबेसीसम्म गाडी चढेर जान सकिन्छ । काभ्रे खण्डमा १२ वटा स्काभेटर, ४ वडा ह्वील लोडर र ८ वटा टिपर प्रयोग गरेर डाइभर्सन बनाउने काम भइरहेको छ ।

बिपी राजमार्गअन्तर्गत सिन्धुलीतर्फ नेपालथोक र बालुवामा डाइभर्सन बनेको छ । बालुवा भन्दा थोरै माथि रोशीले नयाँ कटान गरेकाले खोला फर्काएर डाइभर्सन बनाउने काम भइरहेको छ । साँझसम्म सिन्धुली खण्डमा डाइभर्सन बनिसक्ने सडक डिभिजन कार्यालय खाल्टेका सूचना अधिकारी सुदर्शन उप्रेतीले बताए ।

काभ्रेको दाप्चाखोलादेखि बर्खेखोलासम्म १६ तथा सिन्धुली जिल्लामा पर्ने बर्खे खोलादेखि नेपालथोकसम्म ३ स्थान गरेर १९ स्थानमा रोशीको बाढीले डाइभर्सन बगाएको छ । दाप्चा खोलाले एक स्थानमा क्षति पुर्याएको छ|

यसैबीच ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बीपी राजमार्ग चौकीडाँडा-नेपालथोक खण्डमा भइरहेको डाइभर्सन निर्माणको काम अनुगमन गर्ने भएका छन् ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय