२०८२ आश्विन २३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च बिन्दुमा | ओली, देउवा र प्रचण्डलाई पक्राउ गर्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंको माग | माइतीघर–बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा अपनाइएको छ | बीपी राजमार्गको ३ स्थानमा डाइभर्सन तयार | प्राधिकरणको तथ्यांक: असोज १७ पछिका विपद् घटनामा ज्यान गुमाउनेको संख्या ५३ पुग्यो | टि–२० विश्वकप छनोटमा नेपालको धमाकेदार सुरुवात | कांग्रेस पदाधिकारी बैठक आज असोज २६ को केन्द्रीय बैठक एजेन्डा तय हुने | मनसुन कमजोर बन्दै, देशका अधिकांश स्थानमा मौसम सफा रहने | विपिन जोशीको अवस्थाबारे अझै कुनै जानकारी छैन : इसराइलस्थित नेपाली राजदूत | विदेशमा रहेका नेपाली राजदूतहरूसँग प्रधानमन्त्रीले गरिन छलफल |

माइतीघर–नयाँ बानेश्वर आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले ती क्षेत्रहरुमा ठूलो मात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीहरु परिचालन गरिएको छ । जेन–जी समूहले तत्कालीन प्रधामन्त्री केपी शर्मा, गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो ।

त्यसपछि एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र जेन–जी अगुवा सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो । जेन–जीको जाहेरी उच्चस्तरीय जाँचबुझ आयोगमा प्रहरीलै पठाएको छ भने बालेन र सुदनविरुद्धको जाहेरी पनि आयोगमा प्रहरीले पठाउने तयारी गरेको छ ।

एक पक्षले अर्को पक्षविरुद्ध जाहेरी दिनेदेखि माइतीमा टाँगिएका ब्यानर हटाएर अर्को ब्यानर राख्ने प्रयास भएपछि सुरक्षा चुनौती बढेको थियो । त्यसपछि माइतीघर बानेश्वर क्षेत्रमा अहिले उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय