
नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड तोड्दै हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेको हो। बुधबार सुनको मूल्य २ लाख ३८ हजार रुपैयाँ प्रतितोला कायम थियो।
त्यस्तै, चाँदीको मूल्य पनि लगातार बढ्दै गएको छ। मंगलबार प्रतितोला २ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३ हजार २५ रुपैयाँ प्रतितोला पुगेको महासंघले जनाएको छ।
विशेषज्ञहरूले नेपाली बजारमा सुन र चाँदीको मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि, आर्थिक अनिश्चितता र लगानीका विकल्पका अभावलाई मुख्य कारण बताउँछन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।