२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

आइसिसी मेन्स टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले सुपर-६ मा स्थान पक्का गरेको छ। समूह-२ को खेलमा आज जापानले कुवेतलाई ५ विकेटले पराजित गरेसँगै नेपाल र जापान अन्तिम खेलअघि नै सुपर-६ मा पुगेका हुन्।

कुवेत लगातार दुई खेलमा हार ब्यहोर्दै समूह चरणबाट बाहिरिएपछि नेपाल र जापानले अन्तिम समूह खेलअघि सुपर-६ मा स्थान बनाएका हुन्।यसअघि बुधबार भएको नेपालले कुवेतमाथि ५८ जित निकालेको थियो।

बिहीबार जापानले पनि कुवेतमाथि ५ विकेटको जित निकाल्यो। कुवेतले दिएको १७८ रनको लक्ष्य जापानले ३ बल खेल्न बाँकी छदा ५ विकेटको क्षतिमा पूरा गर्‍यो।

जापानका लागि इसम रहमानले ३९ बलमा ९ चौका  र २ छक्का प्रहार गर्दै ६४ रन बनाए। यस्तै ओपनर तथा कप्तान कोडावाकी फ्लेमिङले १९ बलमा २८ रन र रविचन्द्रनले २९ बलमा ३९ रन बनाए। ताकाहाशीले १५ बलमा ३ छक्का प्रहार गर्दा २६ रन बनाए।

शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी-२० कपमा छनोट हुनेछ।

भर्खर्रै युएईको शारजाहमा वेस्ट इन्डिजविरूद्धको टी-२० सिरिज २-१ ले जितेर इतिहास रचेको नेपाली टोली फेरि अर्को इतिहास बनाउने लक्ष्यमा छ।

१७ टोलीले विश्वकप छनोटमा स्थान पक्का गरिसकेको अवस्थामा यो छनोटसँगै आगामी वर्ष टी-२० विश्वकप खेल्ने सबै टोलीको टुंगो लाग्नेछ।

समूह १ – युएई, मलेसिया, कतार , समूह २ – नेपाल, कुवेत, जापानसमूह ३ –  ओमान, पिएनजी, सामोआ

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय