२०८२ आश्विन २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एकीकृत समाजवादीको सचिवालय बैठक आज हुने भएको छ | धादिङमा बस र टिपर ठोक्किए, ११ जना घाइते | राष्ट्रपतिले प्रधानमन्त्री र राजनीतिक दलसँग निर्वाचनबारे छलफल गर्ने | विश्वकप छनोट : नेपाल आज समूहको अन्तिम खेलमा जापानसँग भिड्दै | मनसुनी र स्थानीय वायुको प्रभाव क्रमश बन्दै | ‘लुङटुङ’ बाट ‘पुनहिल’सम्मको यात्रा : एक गोठालाको सपनाले यसरी बदल्यो गाउँकै पहिचान | सानेपामा आज पनि काँग्रेस पदाधिकारी बैठक: महाधिवेशनको तयारीमा केन्द्रित छलफल | अनलाइन मिडिया दर्ता र नवीकरण विभागमै हुने, कानुनी प्रक्रिया टुंगिन बाँकी | संसद् पुनःस्थापनाको बाटो बन्द गर्नु हुँदैन- पार्टी जहिल्यै निर्वाचनको पक्षमा : कांग्रेस प्रवक्ता महत | कुवेतलाई हराएपछि जापानसँगै नेपाल पनि पुग्यो सुपर-६ मा |

नेपाली काँग्रेसको पदाधिकारी बैठक आज पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। बिहीबारदेखि सुरु भएको बैठक आज दिउँसो १ बजे पुनः सुरु हुने काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।

गत बैठकमा विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भन्ने विषयमा तीव्र बहस चलेको थियो। वरिष्ठ नेतादेखि पूर्वपदाधिकारीहरूसम्मले आफ्ना धारणा राखेका थिए। आजको बैठकमा पनि यही विषयमा थप छलफल जारी रहने बताइएको छ।

प्रवक्ता महतका अनुसार आजको बैठकले असोज २६ गतेबाट सुरु हुने केन्द्रीय समिति बैठकका एजेन्डा पनि तय गर्नेछ। उनले भने, “हामी छलफलको अन्तिम चरणमा पुग्दैछौं। पदाधिकारी र पूर्वपदाधिकारी दुवै पक्षका सुझावका आधारमा महाधिवेशनको दिशाबारे निष्कर्ष निकाल्नेछौं।”

सभापति शेरबहादुर देउवा भने बैठकमा सहभागी हुने छैनन्। बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरिरहेका छन्।  देउवा २६ गते बस्ने केन्द्रीय समिति बैठकमा मात्र सहभागी हुने सम्भावना छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय