२०८२ आश्विन २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सर्वदलीय बैठकमा ओली–प्रचण्डको सुरक्षाकर्मी फिर्ताप्रति विवाद | प्रधानमन्त्री कार्कीद्वारा दलहरूलाई आग्रह : परिवर्तन आत्मसाथ गरी निर्वाचनतर्फ अघि बढ्नुस् | प्रचण्ड भन्छन् - सेनाले हामीलाई जोगाएर मात्र हो, नत्र किचिमिची पारिसक्थे | राष्ट्रपतिले सर्वदलीय बैठकमा भने- चुनावमा लाग्नुस् | एकीकृत समाजवादीको सचिवालय बैठक आज हुने भएको छ | धादिङमा बस र टिपर ठोक्किए, ११ जना घाइते | राष्ट्रपतिले प्रधानमन्त्री र राजनीतिक दलसँग निर्वाचनबारे छलफल गर्ने | विश्वकप छनोट : नेपाल आज समूहको अन्तिम खेलमा जापानसँग भिड्दै | मनसुनी र स्थानीय वायुको प्रभाव क्रमश बन्दै | ‘लुङटुङ’ बाट ‘पुनहिल’सम्मको यात्रा : एक गोठालाको सपनाले यसरी बदल्यो गाउँकै पहिचान |

पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबारको पत्रकार भेटघाटमा नयाँ परिस्थितिमाथि चर्चा त गरे नै, सँगसँगै भदौ २४ को घटना र त्यसपछिका दिनमा आफूले भोगेका केही अनुभव पनि सुनाए।

उनी शुक्रबार दिउँसो साढे १ बजेतिर पाटन महालक्ष्मीस्थानको रिभाइभ रेस्टुरेन्टमा पत्रकारहरूसँग कुराकानी गर्न उपस्थित भएका थिए। ठ्याक्कै एक महिनाअघि, लगभग यही समयतिर उनी त्यही सिंहदरबारभित्र थिए, जुन पछि आगजनी र तोडफोडले खण्डहरमा परिणत भयो।

उनी त्यति बेला सिंहदरबारमा प्रतिपक्षी दलहरूसँग छलफल गर्दै थिए।

भदौ २३ गते नयाँबानेश्वरमा भएको घटनापछि प्रतिपक्षी दलहरूको धारणा के हुनुपर्छ र कसरी अघि बढ्नुपर्छ भन्नेमा छलफल केन्द्रित थियो।

त्यही बेला सूचना आयो — देशभरि प्रदर्शनकारीहरू भड्किएका छन्। संसद, अदालत जस्ता प्रमुख सरकारी संस्थाहरूमा आगजनी सुरू भइसकेको छ। र, आगजनी गर्ने भिड सिंहदरबारतिर बढ्दैछ।खबर पाउनासाथ प्रचण्ड लगायत अन्य प्रतिपक्षी नेताहरू सिंहदरबारबाट बाहिरिन खोजे।

तर सुरक्षा निकायले सिंहदरबार बाहिरको स्थिति असुरक्षित र भयावह हुँदै गएको भन्दै बाहिर जान दिएनन्। त्यसपछि प्रचण्डले सिंहदरबारबाटै प्रधानसेनापति अशोकराज सिग्देललाई फोन गरे र आफू सिंहदरबारभित्र फसेको जानकारी गराए।

‘त्यति बेला मसँग भएको सेक्युरिटीले सिंहदरबार बाहिर जान उचित छैन भनेपछि म आफैले प्रधानसेनापतिलाई सम्पर्क गरेको थिएँ,’ भदौ २४ को अनुभव सुनाउँदै उनले भने, ‘प्रधानमन्त्रीदेखि मन्त्री र नेताहरूलाई सेनाले गाडी वा हेलिकप्टरमा राखेर सुरक्षित ठाउँमा लगेको थियो। मैले चाहिँ आफै प्रधानसेनापतिलाई फोन गरेको हुँ।’

पछिल्लो राजनीतिक घटनाक्रमबारे चर्चा गर्ने क्रममा उनले अहिलेको राजनीतिक संकट चिर्न फागुन २१ को निर्वाचनलाई सफल रूपमा सम्पन्न गराउनुको विकल्प नभएको बताए।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय