२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

सर्वोच्च अदालतमा भदौ २४ गतेको आगजनीपछि नयाँ मुद्दा दर्ता हुन सकेको थिएन।

बन्दीप्रत्यक्षीकरणको मुद्दा मात्र हेरिरहेको सर्वोच्चले मंगलबार नयाँ मुद्दा दर्ता खुला गरेकै दिन प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन ‘असंवैधानिक’ भन्दै १० वटा रिट परे।

प्रतिनिधिसभा पुनर्स्थापनाको माग राख्दै रिटको लाइन लागिरहेका बेला त्यही विघटित संसदका सभामुख देवराज घिमिरे के गर्दै छन्?

सभामुख घिमिरे पनि प्रतिनिधिसभा विघटनविरूद्ध रिट लिएर सर्वोच्च जाने पक्षमा छन्। उनले आज बुधबार सिंहदरबारस्थित कार्यकक्षमा पूर्वसांसदहरूसँग छलफल गर्न लागेका छन्।

दलहरूको आधिकारिक धारणाका आधारमा रिट निवेदन लिएर सर्वोच्च जान उनले यो बैठक डाकेका हुन्।

उनले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको धारणा सार्वजनिक गरिसकेका छन्। तर राजनीतिक कोर्स निर्वाचन उन्मुख हुने अवस्थामा मुद्दा लिएर जान उपयुक्त हुन्छ कि हुँदैन भन्ने दुबिधामा छन्। यसका लागि उनले प्रतिनिधिसभा विघटनबारे राजनीतिक दलहरूसँग आधिकारिक धारणा माग गरेका छन्।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय