२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

सर्वोच्च अदालतमा भदौ २४ गतेको आगजनीपछि नयाँ मुद्दा दर्ता हुन सकेको थिएन।

बन्दीप्रत्यक्षीकरणको मुद्दा मात्र हेरिरहेको सर्वोच्चले मंगलबार नयाँ मुद्दा दर्ता खुला गरेकै दिन प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन ‘असंवैधानिक’ भन्दै १० वटा रिट परे।

प्रतिनिधिसभा पुनर्स्थापनाको माग राख्दै रिटको लाइन लागिरहेका बेला त्यही विघटित संसदका सभामुख देवराज घिमिरे के गर्दै छन्?

सभामुख घिमिरे पनि प्रतिनिधिसभा विघटनविरूद्ध रिट लिएर सर्वोच्च जाने पक्षमा छन्। उनले आज बुधबार सिंहदरबारस्थित कार्यकक्षमा पूर्वसांसदहरूसँग छलफल गर्न लागेका छन्।

दलहरूको आधिकारिक धारणाका आधारमा रिट निवेदन लिएर सर्वोच्च जान उनले यो बैठक डाकेका हुन्।

उनले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको धारणा सार्वजनिक गरिसकेका छन्। तर राजनीतिक कोर्स निर्वाचन उन्मुख हुने अवस्थामा मुद्दा लिएर जान उपयुक्त हुन्छ कि हुँदैन भन्ने दुबिधामा छन्। यसका लागि उनले प्रतिनिधिसभा विघटनबारे राजनीतिक दलहरूसँग आधिकारिक धारणा माग गरेका छन्।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय