२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कात्तिक ३० अघि नै एकता गरी  आउँदो चुनावमा एकीकृत पार्टीको रुपमा सहभागी हुने तयारी गरेका छन् । दुई पार्टीहरूबीच एकताको अन्तिम गृहकार्य चलिरहेको छ ।वार्ता टोलीका सदस्यहरूका अनुसार अहिले भइरहेको प्रगतिमा कुनै बाधा व्यवधान नभए अब एकताबाट पछि हट्ने अवस्था छैन ।

आउँदो चुनावमा आफ्नो पोजिसन के हुने भन्नेमा अलिक बढी चिन्तित रहेका दुवै दल अब मिलेर जाने स्थितिमा पुगेका हुन् । माओवादीभित्र एकताको विषयमा कुनै नेताहरूको सैद्धान्तिक विमति छैन । तर नेकपा एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनाल लगायतका नेताहरूले केही विमत्ति राखिरहेका छन् । अब उनीहरूको विमतिको पनि निरुपण गरी एकतामा पुर्‍याउने ती दलका नेताहरूको दाबी छ ।

नेकपा एसले विगतमा भन्दै आएको जनताको बहुदलीय जनवाद पनि रहने छैन । दुवैले लोकतान्त्रिक  व्यस्थालाई आधार मानेर वैज्ञानिक समाजवादलाई अपनाउने छन् । त्यसका लागि नेपाली विशेषताको समाजवाद भन्ने उनीहरूको वैचारिक कार्यदिशा हुने छ ।

 

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय