२०८३ जेष्ठ ३० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ |

आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत जारी एकदिवसीय शृंखलामा नेपाल आज यूएईसँग भिड्दै छ। दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार विहान सवा ११ बजेबाट सुरु हुनेछ।

नेपाल र यूएई दुवै टोली पहिलो खेलमा अमेरिकासँग पराजित भएका कारण दोस्रो खेललाई जितका लागि ‘डु–अोर–डाइ’को रूपमा लिइरहेका छन्। नेपाल अमेरिकासँग १०६ रनले हार्दा, यूएई ४ विकेटले पराजित भएको थियो।

अब दुवै टोली लिगमा आफ्नो पहिलो जितको खोजीमा मैदानमा उत्रिँदै छन्।
नेपाल र यूएईबीचको प्रतिस्पर्धा सधैं रोमाञ्चक रहँदै आएको छ। अघिल्ला १५ ओडिआई भिडन्तमध्ये नेपालले ९ खेल जितेको छ भने यूएई ६ खेलमा विजयी भएको छ।

लिग–२ को हालको तालिकामा अमेरिका २२ खेलमा ३२ अंकसहित शीर्ष स्थानमा छ भने स्कटल्याण्ड ३० अंकसहित दोस्रो स्थानमा छ। नेपाल १७ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ भने यूएई ६ अंकसहित अन्तिम स्थानमा रहेको छ।

आजको खेल नेपालका लागि मनोबल पुनःउठाउने अवसरका रूपमा हेरिएको छ। टिम व्यवस्थापनका अनुसार टसको निर्णय र बलिङ लाइनअपले खेलको परिणाममा निर्णायक भूमिका खेल्नेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय