२०८३ आश्विन १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

१९ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले नयाँ पुस्ता, विशेष गरी जेनजी युवाहरूसँग हातेमालो गरेर अघि बढ्न अपिल गरेका छन्।

बुधबार आयोजित कम्युनिस्ट पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उनले परिवर्तनको यात्रामा युवा पुस्ताको भूमिका अपरिहार्य रहेको भन्दै सबैलाई समाजपरिवर्तनको अभियानमा सहभागी हुन आह्वान गरे।

नेपालले भने, “आज जेनजी पुस्ताका केही युवाहरू पार्टीमा प्रवेश गरेका छन्। म सबै नयाँ सोच भएका युवाहरूसँग भन्न चाहन्छु, आउनुस्, हामीसँग हातेमालो गर्दै अघि बढौं।”

उनले सुशासन, भ्रष्टाचार नियन्त्रण, समाजवाद र समानतामूलक समाज निर्माणका लागि युवा पुस्ताको साथ आवश्यक रहेको बताए। उनका अनुसार “हातमा हात मिलाएर अघि बढ्दा मात्र भ्रष्टाचार, विकृति र अन्याय अन्त्य गर्न सकिन्छ।”

नेपालले युवा पुस्तालाई विचार, इमान र प्रतिबद्धताको साथमा समाजपरिवर्तनको अग्रपंक्तिमा उभिन आग्रह गरे। उनले नयाँ पुस्ताको ऊर्जा र पुरानो पुस्ताको अनुभव मिलेर देशले नयाँ दिशा लिन सक्ने विश्वास व्यक्त गरे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय