२०८३ आश्विन १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

 नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनसम्बन्धी पेस भएका दुई कार्यतालिका पार्टीको आधिकारिक नभई व्यक्तिगत रुपमा तयार पारिएका भएको बताएका छन्।

जारी केन्द्रीय समिति बैठकमा बोल्दै खड्काले ती कार्यतालिकाहरू पार्टीले होइन, केन्द्रीय सदस्य र सहमहामन्त्रीहरूले व्यक्तिगत रूपमा तयार पारेको स्पष्ट पारेका हुन्। “दुई वटा कार्यतालिका पार्टीको होइन, व्यक्तिगत रूपमा आएका हुन्। जिम्मेवारी र भूमिका केन्द्रिय सदस्य र सहमहामन्त्रीहरूले नै लिए,” खड्काको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए।

त्यसैगरी, खड्काले देश अप्ठ्यारो अवस्थामा रहेको बेला सरकारले निर्वाचन घोषणा गरेको उल्लेख गर्दै कांग्रेसले त्यस निर्वाचनमा भाग लिएर देशलाई स्थिरतातिर लैजानुपर्ने बताए। उनले भने, “सरकारले निर्वाचन घोषणा गरिसकेको छ, अब कांग्रेसले त्यसबाट पछि हट्यो भने निर्वाचन हुनै सक्दैन। त्यसैले हामीले सहभागी भएर देशलाई स्थिरतातिर लैजानुपर्छ।”

उनको भनाइअनुसार पार्टीभित्र देखिएका फरक धारणा र कार्यतालिकाले एकता भङ्ग नहोस् भन्ने हेतुले सबै विषय जिम्मेवार ढंगले हल गर्नुपर्ने बताइएको छ। खड्काले पार्टीलाई संस्थागत एकतामा बाँध्न नेतृत्व तहले साझा सहमति खोज्नुपर्नेमा पनि जोड दिएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय