२०८३ आश्विन १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

२२ कात्तिक २०८२,

अमेरिकाले देश निकाला गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वकेन्द्रीय सदस्य मोहन थापा विस्तारित बैठकमा सहभागी भएका छन् ।

गत साउनमा अमेरिकाबाट डिपोर्ट भएका थापा चितवनमा जारी रास्वपाको विस्तारित बैठकमा सहभागी भएका हुन् । उनी गत वर्षको फागुनमा अमेरिकामा पक्राउ परेका थिए ।

थापालाई गैरकानुनी रुपमा गतिविधि गरेको आरोपमा अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा उनी अध्यागमन तथा अमेरिकका अन्य कानुन उल्लंघन कसुरमा अनुसन्धानमा तानिएका थिए ।

डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकाले गैरकानुनी रुपमा बसोबास गर्दै आएका विदेशी नागरिकलाई देश निकाला गर्न सुरू गरेको थियो ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय