२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा |

२३ कात्तिक २०८२,

मंसिर अन्तिम साता एघारौं महाधिवेशन गर्ने तयारीमा जुटेको नेकपा एमालेभित्र नेतृत्वको बहस पनि सघन बनेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण र सार्वजनिक अभिव्यक्तिका कारणले पहिलेबाटै बहसमा रहेको एमाले नेतृत्वको एजेण्डा अहिले महाधिवेशनको मिति नजिकिएकाले थप बाक्लिएको हो ।

गत शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत ओलीले आफूलाई नेतृत्वबाट हटाउन कोही आए ‘झप्पु खाने’ चेतावनी दिएका छन् । ‘बघिनी चुप लागेको छ भनेर उसको डमरू चलाउन थाल्यो भने बघिनीले यस्तो दिन्छ नि झप्पु,’ ओलीले भने, ‘म पनि चुपै लागेर बसेको हुन्छु, उदार हुन्छु, नरम हुन्छु । पार्टीतिर सिध्याउन खोज्यो, पार्टी निचोर्न खोज्यो भने झप्पु (हातले आक्रमणको इसारा गर्दै) । जति नरम भए पनि गर्नैपर्ने रहेछ ।’

नेताहरूका अनुसार अहिले उनै विद्या भण्डारीकै नेतृत्वमा ओलीविरुद्ध महाधिवेशनमा भिड्ने टीम तयार हुँदैछ । ‘४५ वर्ष पहिले मदन भण्डारीको हातबाट लिएको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय सच्याउनुपर्छ भनेर यो बीचमा धेरै प्रयास गरियो,’ भण्डारी निकट एक नेता भन्छन्, ‘पदाधिकारीहरू, केन्द्रीय सदस्यहरू, पार्टीका तलका सदस्यहरू र समर्थकहरूले भन्नुभयो । तर सुनुवाइ भएन ।’

एमालेका एक पदाधिकारीका अनुसार पूर्वराष्ट्रपति भण्डारीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अध्यक्षको उम्मेद्वारका रूपमा अगाडि बढाइसकेकी छन् । ‘उपयुक्त समय पारेर उहाँले (विद्या भण्डारी) सार्वजनिक घोषणा गर्नुहुन्छ, अनौपचारिक तयारी अगाडि बढिसकेको छ,’ उनी भन्छन् ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय