२०८३ आश्विन १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र फैलिँदै गएको एकअर्कामाथि लाञ्छना र आरोप लगाउने प्रवृत्तिलाई आत्मघाती भन्दै चेतावनी दिएका छन्।

पार्टी केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सामाजिक सञ्जालमा आफ्ना नेतामाथि सार्वजनिक रूपमा टिप्पणी गर्ने, नियोजित रूपमा होच्याउने र गुटगत सोच फैलाउने गतिविधिले कांग्रेसको एकता कमजोर बनाइरहेको बताए।

उनले भने, “हाम्रो पार्टीभित्र आफ्ना साथीभाइलाई सार्वजनिक रूपमा होच्याउने र नियोजित रूपमा प्रयोग गर्ने प्रवृत्ति छ, त्यो आत्माघाती हो। अहिलेको संकटको घडीमा सबै एकताबद्ध भएर आगामी निर्वाचनमा होमिनुपर्छ।”

डा. महतले अहिले पार्टीको मुख्य विषय महाधिवेशन रहे पनि राष्ट्रिय निर्वाचनको संघारमा आन्तरिक चुनाव गर्नु उपयुक्त नहुने बताए। उनले अन्तिममा सबै पक्षबीच सहमति जुटेर एकतामूलक निष्कर्षमा पुग्ने विश्वास पनि व्यक्त गरे।

उनको भनाइमा, “१५औं महाधिवेशन गर्नेबारे सबैको सहमति छ, तर राष्ट्रिय निर्वाचनको तयारीकै बेला त्यसमा ध्यान केन्द्रित गर्नु व्यावहारिक देखिँदैन। बैठकको अन्त्यसम्म साझा निष्कर्षमा पुग्नेमा म आशावादी छु।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय