२०८३ आश्विन १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

देशभरका मतदाता नामावली दर्ता केन्द्रमा भीड अत्यधिक बढेपछि निर्वाचन आयोगले अब दैनिक १२ घण्टा सेवा सञ्चालन गर्ने निर्णय गरेको छ। आयोगले दुई सिफ्टमा (६–६ घण्टा) दर्ता सेवा प्रदान गर्दै कार्यलाई सहज र तीव्र बनाउने तयारी गरेको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, दैनिक ८०० भन्दा बढी नागरिक नाम दर्ता भइरहेका जिल्लामा यस्तो व्यवस्था लागू गरिनेछ। उनले भने, “सेवाग्राहीको चाप असामान्य भएको कारण हामीले दुई सिफ्टको प्रणाली लागू गर्न लागेका हौं।”

आयोगले १८ वर्ष उमेर नपुगेका नागरिकलाई भने अहिले मतदाता नामावलीमा नाम दर्ता नगर्न आग्रह गरेको छ। आगामी फागुन २० गतेसम्म १८ वर्ष नपुग्नेले प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्न नपाउने भएकाले अहिले नाम दर्ता आवश्यक नरहेको आयोगको भनाइ छ।

भट्टराईका अनुसार, फागुन २० पछि १८ वर्ष पुग्ने र नागरिकता प्राप्त गरिसकेकाले पछि पनि सहजै नाम दर्ता गर्न सक्नेछन्। उनले भीड कम गर्नका लागि अस्थायी रूपमा यस्तो व्यवस्था गरिएको बताए।

काठमाडौं उपत्यकाका तीन जिल्लामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमार्फत थप १४ जना दर्ता कर्मचारी खटाइएका छन्। अन्य जिल्लामा पनि सेवाग्राहीको चापका आधारमा प्रमुख जिल्ला अधिकारीमार्फत थप जनशक्ति पठाउन गृह मन्त्रालयसँग पत्राचार गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार, अन्तरिम सरकारले आगामी निर्वाचनको मिति तय गर्नुअघि नै हालसम्म करिब दुई लाख नागरिकले देशभरका दर्ता केन्द्रमा आफ्नो नाम मतदाता नामावलीमा समावेश गराइसकेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय