२०८२ माघ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
झापा क्षेत्र नं ५ केन्द्रित ओलीको व्यस्त चुनावी कार्यक्रम | आयोगले ६ हजार ७४३ वडामा सञ्चालन गर्दै मतदाता शिक्षा कार्यक्रम | आजदेखि चुनावी सुरक्षार्थ निर्वाचन प्रहरी फिल्डमा खटाइयो | रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह सर्लाही भ्रमणमा | चुनावी दौडमा रहेका विनोद चौधरीको दुर्गेश थापासँग भेट | रुकुम पूर्वबाट दाङ जाँदै गरेको बोलेरो जिप सल्यानमा दुर्घटनाग्रस्त | नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो |

एमाले अध्यक्ष केपी शर्मा ओलीले अनेरास्ववियु (अखिल)मा उमेर हद लागू गर्ने प्रक्रियालाई अनुमोदन गर्नु आफ्नो गल्ती भएको स्वीकार गरेका छन्। उनले अनेरास्ववियुका पूर्वपदाधिकारीहरू समिक बडाल, नरेश रोकाया, मनोज ताम्ली, वर्तमान उपाध्यक्ष अन्जना शिवाकोटी, महासचिव दीपक धामी लगायत विद्यार्थी नेतासँग भएको छलफलमा खुलासा गरेका हुन्।

छलफलमा ओलीले जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले प्रस्तुत गरेको उमेरहदको एजेन्डा अनुमोदन गरेको स्वीकार गरेका थिए। त्यस क्रममा डा. सुजन कडरियाले अध्यक्षको जिम्मेवारी निर्वाह गर्न नसकेर राजीनामा दिएका थिए। ओलीले भने, “डा. सुजन कडरियाले संक्रमणकालीन समयमा नेतृत्व दिन नसके, त्यसैले उनले राजीनामा दिनु पर्यो। उमेरहद लाग्ने जिम्मेवारी मेरो अनुमोदनमा परेको थियो।”

गत जेठमा काठमाडौँमा भएको केन्द्रिय कमिटिको निर्वाचनमा कडरियाले निकटतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मत पराजित गर्दै अध्यक्ष निर्वाचित भएका थिए। कडरियाले ७३२ मत ल्याए भने पौडेलले ७२५ मत पाएका थिए। कडरिया यसअघि पनि  केन्द्रीय कमिटीको सचिव थिए।

३२ वर्षे उमेर हद लागू भएपछि यसअघि उनीभन्दा माथिल्लो पदमा रहेकाहरू बाहिरिँदा कडरियाको नेतृत्वमा नयाँ आएको थियो तर भाद्र २३ गतेको  जेनजी आन्दोलनका क्रममा प्रहरीको गोलीबाट १९ जना विद्यार्थीहरूको मृत्यु भएपछि उनले नैतिकताका आधारमा भन्दै सामाजिक सञ्जाल मार्फत् राजीनामा घोषणा गरेका थिए तर कात्तिक २४ गते कडरिया कार्यालय फर्किएका थिए ।

उनको राजीनामा पछी उनको राजीनामा बारे संगठन भित्र प्रश्न उठिरहेको  छ । उनले केहि दिन अघि यस सम्बन्धमा सामाजिक संजाल मार्फत  “भदौं २३ को आन्दोलनमा ड्रेसमा विद्यार्थी ढलेको देखेर , हामी अनेरास्ववियुका थुप्रै साथीहरुले राजिनामा दिएका थियौं र केहिले आफ्नो जिम्मेवारीमा फर्कि सकेका पनि थियौं। संकटको समयमा पार्टिको मेरुदण्ड अनेरास्ववियुले पार्टिको साथ छोड्नु ,त्यति सजिलो थिएन तर ढलिरहेको रगतले हामीलाइ मर्माहित बानाएको र  भदौ २४ गतेको आन्दोलनमा घुसपेट भएको विषयले हामीलाइ संकटको समयमा संगठनलाइ नेतृत्व विहिन बनाउन नहुने भनेर देशै भरिबाट सुझाव आएपछि, सामाजिक संजालबाटै फिर्ता लिएका  बताएका छन् ।

उनले लेखेका छन्   “आज धेरै कुरा बदलिएका छन्, तर हाम्रो बाटो बदलिएको छैन। षड्यन्त्रका अदृश्य छायाले हाम्रा उज्याला सपनाहरूलाई निस्तेज बनाए। याद गरौँ हाम्रो चिनारी हावामा उडेर हराउने धुलो धुवाँ होइन,हामी बृक्ष हौं जुन वर्षात, आँधी, बिजुली जस्ता अस्थिर घडीमा पनि आफ्नो जरा अझ गहिरो गाड्दै, अझ सुदृढ भएर उभिन्छौं।यन्त्र र षड्यन्त्रका अदृश्य हातहरूले हाम्रा विद्यार्थीका रगतको मूल्य कति तिरे? अब प्रश्न हामीले गर्ने हो। यतिवेला हाम्रो हाम्रो पार्टि नेकपा एमाले निकै संकटमा छ र हामीलाइ बलियो एकताको खाचो छ। यतिवेला फुट्ने र फुटाउन खोज्नेहरुलाइ इतिहासले गद्दार सावित गर्नेछ। संकटमा एकता नै अन्तिम उपाय हो। तसर्थ केहि कारणवस नेकपा एमाले र अखिलबाट वाहिर रहनुहुने सम्पूर्ण कमरेडहरुलाइ पार्टिको घर फर्क अभियानमा आफ्नै घर फर्कनको निम्ती हार्दिक आव्हान गर्दछु। आऊनुहोस् घर फर्कनुहोस्, घर यहीं छ। विश्वास यहीं छ। साथ यहीं छ। “एक आवाज, एक संकल्प, एक दिशा” हामीसँग भएका घाउहरू साक्षी छन् , हामीलाई भत्काउन कति षड्यन्त्र चले।हामी असहाय छैनौं, हामी हारिएका छैनौं, हामी टुटेका छैनौं।फर्केर आउनु, घर अझै उस्तै छ। हाम्रो झण्डामा अझै उस्तै साहस छ।हाम्रो हातमा अझै उस्तै भविष्य छ।”नेकपा एमाले जिन्दावाद, अनेरास्ववियु जिन्दावाद !”

तर अनेरास्ववियुका निवर्तमान महासचिव दीपक धामीले भने, कडरियाले संगठनको फेसबुक पेज र लेटरहेड दुरुपयोग गरेका आरोप लगाएका छन्। धामीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राजनीतिक नैतिकता गुमाइसकेको व्यक्तिलाई स्थापित गर्न र संगठनमा विभाजन सिर्जना गर्न यस्ता तत्व सक्रिय छन्। अध्यक्षले अनाधिकृत रूपमा संगठनको कार्यालयमा प्रवेश गरी तोडफोड गर्नु, संगठनको गरिमामाथि आघात पुर्‍याउनु अनुशासनहीन र अस्वीकार्य कार्य हो।”

557932577_2012789779535607_4615805148610929058_n-(1)-1762868756.jpg

धामीले आम कार्यकर्तालाई चेतावनी दिएका छन् कि यस्ता असन्तुष्ट तत्त्वबाट प्रभावित नहुने र संगठनको मूल्य र अनुशासन कायम राख्दै आफ्ना जिम्मेवारी पूरा गर्न आवश्यक छ। उनले भने, “राजीनामा दिने र संगठनमा अराजकता सिर्जना गर्ने तत्वले भ्रम फैलाउने प्रयास गरेका छन्, तर आस्थावान सदस्यहरूले संगठनको मूल्यमान्यता र अनुशासनमा रहनुपर्छ।”

यो घटनाले अनेरास्ववियु भित्रको नेतृत्व, अनुशासन र आन्तरिक विवाद सम्बन्धी प्रश्नलाई पुनः उजागर गरेको छ। ओलीको स्वीकृति र धामीको चेतावनीले संगठन भित्रको वर्तमान विवाद र विद्यार्थी राजनीति कस्तो दिशा लिन सक्छ भन्ने विषयमा नयाँ चर्चा सुरु भएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय