२०८३ आश्विन १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

वर्खामा आन्तरिक र बाह्य पर्यटकले गुञ्जायमान रहने बुकीपाटन अहिले सुनसान बनेको छ । सयौँ गोठालासँग हजारौँ पशुधन चराउने र हरियाली पहाडमा रमाउने समय सकिएपछि अहिले त्यहाँ सन्नाटा छाएको छ । असोज अन्त्यसँगै गोठालाहरू बेसी झरेपछि चार हजार ५०० मिटर उचाइमा रहेको बुकीपाटन हिउँदभरि खाली रहने गर्छ ।

असारदेखि असोजसम्म गर्पाछेडा, दहखर्क, राजवन, स्याचुन, टीकाधारा, फागुने देउरालीजस्ता क्षेत्र गोठालाको बसोबास र पर्यटकको भीडले रौनकिलो बन्ने बुकीपाटन अहिले चिसोले कठ्याङ्ग्रिएको छ । अग्ला पहाडका हरिया घाँस सुक्दै गएपछि हरियाली हराएको बुकीपाटन अब निर्जन छ ।

स्थानीय होटल व्यवसायी सन्देश थापाका अनुसार असोजसम्म दिनमा डझनौँ पर्यटक पुग्ने बुकीपाटन अहिले कहिलेकाहीँ मात्रै कोही पुग्छन् । “वर्खामा गर्मीबाट उम्कन आन्तरिक पर्यटक धेरै आउँथे, अहिले हिउँदको चिसोले बाटो नै बन्दजस्तो छ,” उनले भने ।

गोठाला तुलबहादुर सुनारले भने, “भदौको अन्तिमदेखि नै गोठ झार्न थाल्यौं, असोजको दोस्रो साता झर्दा बुकीपाटन सुनसान भइसकेको थियो । अहिले त्यहाँ पानी जम्छ, त्यति चिसो ठाउँमा बस्न सकिँदैन।”

नेपालकै एकमात्र शिकार आरक्ष ढोरपाटनको वरिपरिको यो क्षेत्र बागलुङ, रुकुम, रोल्पा, म्याग्दी र डोल्पाका गोठालाहरूको मुख्य चरन क्षेत्र हो । वर्खामा यो ठाउँ चरन र पदयात्रा दुवैका लागि लोकप्रिय बन्ने गरेको छ ।

स्थानीय पवन घर्तीमगरका अनुसार चिसो बढेसँगै ढोरपाटन उपत्यकामा पनि पर्यटक घटेका छन् । “हिउँ पर्न थालेपछि हिउँखेल्न आउनेले केही चहलपहल ल्याउँछन्, तर अहिले सबैजना बेसी झरिसकेका छन्,” उनले बताए ।

सडक सञ्जाल विस्तारपछि ढोरपाटनमा बसोबास बढ्दै गएको छ तर बुकीपाटन भने अझै पुरानै प्रकृतिको लयमा छ वर्खामा हरियालीले लप्किएको र हिउँदमा पूर्ण शान्त र सुनसान ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय