२०८३ आश्विन १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ्गले आफ्नो कार्यकाल सकिनु अघि प्रधानमन्त्री सुशीला कार्कीसँग विदाइ भेट गरेका छन्।

बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा खापुङ्गले कार्यकालका उपलब्धि, संगठन सुधारका प्रयास र आगामी चुनौतीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

सो अवसरमा हालै प्रहरी प्रमुखमा नियुक्त दानबहादुर कार्की पनि उपस्थित थिए। भेटका क्रममा प्रधानमन्त्री कार्कीले खापुङ्गको नेतृत्वमा संस्थागत सुधारका प्रयासको प्रशंसा गर्दै उनको भावी जीवनका लागि शुभकामना व्यक्त गरेकी थिइन्।

आईजीपी खापुङ्ग आज राति १२ बजेदेखि सेवा अवकाश हुँदै छन्। उनले करिब तीन दशक लामो प्रहरी सेवामा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय