२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

बागमती प्रदेशको हेटौँडामा जारी जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी घटनामा संलग्न रहेको अभियोगमा पाँच जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार बागमती प्रदेशसभा सचिवालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरेको आरोपमा सर्लाही बरथवा–१ का २७ वर्षीय पुनम ठाकुर, २७ वर्षीय प्रमोद महतो र हेटौँडा–८ का ४३ वर्षीय सागर (रोमबहादुर) घतानेलाई पक्राउ गरिएको हो।

त्यसैगरी, हेटौँडा–११ नवलपुरका सुशील पौडेलको घरमा आगजनी गरेको आरोपमा सोही स्थानका ३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षीय सुरेन्द्र मगरलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकालाई जिल्ला अदालतको आदेशमा थुनामा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। प्रहरीले आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति र निजी घरमा क्षति पुर्‍याउने घटनालाई गम्भीर रूपमा लिई कारबाही अघि बढाएको बताएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय