२०८३ आश्विन १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

प्रगतिशील राष्ट्रिय अभियानका अगुवा सुदन किराँतीले अबको निर्वाचनमा देशलाई अस्तव्यस्त बनाउने नैतिकताहीन र अहंकारी नेताहरूलाई जनताले जरैदेखि उखेल्ने चेतावनी दिएका छन्।

विहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै किराँतीले देशलाई भ्रष्टाचार, बेथिति र अहंकारको दलदलमा फसाउने नेताहरूलाई आगामी निर्वाचनले राजनीतिक रूपमा समाप्त पार्ने समय आएको बताए। उनका अनुसार अब जनता नै यो देशको सफाई अभियानमा उत्रिनेछन्।

उनले युवा आन्दोलनको समयमा हेलिकोप्टरमा भागेका र सैनिक ब्यारेकमा लुकेका असफल नेताहरूमा आजसम्म कुनै रुपान्तरण नदेखिएको टिप्पणी गरे। किराँतीले भने, “त्यो पुस्ताले जनताको बलिदान बिर्सियो, सत्ता र स्वार्थमा मात्रै रमायो।”

किराँतीले आफूहरूले माओवादी केन्द्रभित्रै लोकतान्त्रिक मूल्य, पारदर्शिता, सम्पत्ति छानबिन र नेतृत्व हस्तान्तरणको एजेन्डा उठाए पनि पार्टी नेतृत्वले बारम्बार त्यसलाई बेवास्ता गरेको आरोप लगाए। उनले भने, “हामीले तीन वर्षदेखि पार्टीभित्र लोकतान्त्रिक अभ्यास र जवाफदेहिताको माग उठायौं, तर महाधिवेशनका मितिहरू बारम्बार तोकिएर पनि तोडियो। यो नै परिवर्तनविरोधी मानसिकताको प्रमाण हो।”

किराँतीले अन्त्यमा देश र पार्टी दुवैमा नयाँ पुस्ताको नेतृत्व स्थापना र शुद्धिकरणको लडाइँ जारी रहने चेतावनी दिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय