२०८२ चैत्र २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
भोलिदेखि मतदाता नामावली सङ्कलन पुनः सुरु | अमिशा पराजुलीलाई साईबर बुलिङ गर्ने एक जना रौतहटबाट पक्राउ | के हो सागर लम्साल ‘बले’ पक्राउ प्रकरण? के भएको थियो? | हेटौँडामा परीक्षा दिँदै गर्दा फेक क्यान्डिडेट पक्राउ, दुई जनामाथि अनुसन्धान | यस्तो छ एमाले बैठकको ६ बुँदे निर्णय | एक सातामै फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, काठमाडौँमा पेट्रोल २०२ रुपैयाँ | सुनको मूल्य यथावत्, चाँदीमा सामान्य वृद्धि | अनलाइन बोलपत्र ह्याक प्रकरण: निर्माण व्यवसायी सागर कटुवाल पक्राउ | रिक्त स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालय सक्रिय ७८ पालिकामा अधिकृत नियुक्त | सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टमाथि १० दिन थुनामा राख्न अदालतको आदेश |

नेपाल सरकारले भूकम्पबाट हुने जोखिम कम गर्न राष्ट्रिय भवन संहिता (कोड) पूर्णरूपमा परिमार्जन गर्दै शुक्रबारदेखि लागू गरेको छ। पुरानो संहितामा रहेका जटिल, अव्यावहारिक तथा अन्तर्राष्ट्रिय मानकसँग नमेल खाने प्रावधान हटाई नयाँ कोडलाई सरल, प्राविधिक र वैज्ञानिक आधारमा अद्यावधिक गरिएको सरकारले जनाएको छ।

नयाँ संहिता बिहीबार राजपत्रमा प्रकाशित गरेसँगै कार्यान्वयनमा आएको हो। यसले सामान्य आवासीय भवनदेखि जलविद्युत परियोजनाका बाँध, विद्युतगृह, सुरुङ तथा अन्य महत्वपूर्ण पूर्वाधार निर्माणमा आवश्यक प्राविधिक निर्देशन प्रदान गर्नेछ।

शहरी विकास मन्त्री कुलमान घिसिङले परिमार्जित कोड देशको सुरक्षित भविष्यका लागि महत्वपूर्ण आधार भएको बताए। उनका अनुसार सही कोड अनुसार निर्माण भए भूकम्पका बेला ज्यान तथा सम्पत्तिको क्षति उल्लेख्य रूपमा घट्नेछ। “स्थानीय तह, इन्जिनियर र जनताले नयाँ संहितालाई कठोर रूपमा पालना गरे आगामी पुस्तालाई सुरक्षित संरचना उपलब्ध गराउन सकिन्छ,” मन्त्री घिसिङले भने।

नयाँ संहिताका प्रमुख विशेषताः
– ७५३ स्थानीय तहलाई समेट्ने नयाँ सिस्मिक जोनिङ म्याप तयार, जसले क्षेत्रअनुसार भवन डिजाइनको स्पष्ट मार्गदर्शन दिन्छ।
– माटो वर्गीकरणमा सुधार, काठमाडौं उपत्यकाको विशेष माटो नक्सा समावेश।
– हिमपात, तरल पदार्थ दवाव, माटो दवावसहित नयाँ लोड संयोजन सूत्र अपडेट।
– भूकम्पका बेला ऊर्जा सहन क्षमता बढाउन लचिलोपन सुधारका मापदण्ड समावेश।
– अग्ला भवनमा देखिने Soft Storey र Torsional Irregularity जस्ता समस्यामा नियन्त्रणका उपाय थपिएका छन्, जसले निर्माण खर्च घटाउने अपेक्षा गरिएको छ।

नयाँ संहिता तयार पार्ने क्रममा विश्वविद्यालयका प्राज्ञ, संरचनागत इन्जिनियरहरू, पेशागत संघ–संस्था तथा विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूसँग विस्तृत छलफल गरिएको मन्त्रालयले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय