२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि सबै तयारी पूरा भएको नेपाली क्रिकेट संघ (क्यान)ले जनाएको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा क्यानले मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरको टियू मैदानमा हुने प्रतियोगिताका लागि मैदानदेखि व्यवस्थापनसम्म सबै पक्ष तयार रहेको जानकारी दियो।

यो सिजन दर्शकका लागि विशेष आकर्षण के छ भने धेरै खेल फ्लडलाइटमा हुनेछन्। प्यारापिटमा बसेर डे–नाइट खेल हेर्न पाउनु दर्शकका लागि नयाँ अनुभव हुने क्यानका सचिव पारस खड्काले बताए। टियू मैदानमा फ्लडलाइटको अन्तिम परीक्षण भइरहेको छ। ७५० केभीका दुई जेनेरेटरमार्फत फ्लडलाइट चलाइनेछ, जसको प्रतिघण्टा करिब ४३ हजार रूपैयाँ खर्च हुनेछ।

टिमहरू अन्तिम अभ्यासमा जुटिरहेका छन् भने विदेशी खेलाडी धमाधम नेपाल आइपुग्न थालेका छन्। केहीले त प्रशिक्षण पनि सुरु गरिसकेका छन्।

क्यानले सुरुका ६ खेलका लागि टिकट बुकिङ खोलेको छ। यसपटक क्यानले करिब ४० करोड संकलन गर्ने लक्ष्य राखेको छ। प्रायोजकबाट १५ देखि ३० करोड, टिम ओनरहरूबाट ९ करोड आउने अपेक्षा छ। यस्तै, डिसहोमले ५ करोड ३० लाखमा किनेको ओटिटी अधिकारबाट ७१ प्रतिशत क्यानले पाउनेछ। टिकट बिक्रीबाट मात्र ८ देखि १२ करोड उठ्ने अनुमान गरिएको छ।

पुरस्कार राशी भने यसपटक बढाइएन। गत सिजन डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले १ करोड १० लाख र उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख पाएका थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय