२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि सबै तयारी पूरा भएको नेपाली क्रिकेट संघ (क्यान)ले जनाएको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा क्यानले मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरको टियू मैदानमा हुने प्रतियोगिताका लागि मैदानदेखि व्यवस्थापनसम्म सबै पक्ष तयार रहेको जानकारी दियो।

यो सिजन दर्शकका लागि विशेष आकर्षण के छ भने धेरै खेल फ्लडलाइटमा हुनेछन्। प्यारापिटमा बसेर डे–नाइट खेल हेर्न पाउनु दर्शकका लागि नयाँ अनुभव हुने क्यानका सचिव पारस खड्काले बताए। टियू मैदानमा फ्लडलाइटको अन्तिम परीक्षण भइरहेको छ। ७५० केभीका दुई जेनेरेटरमार्फत फ्लडलाइट चलाइनेछ, जसको प्रतिघण्टा करिब ४३ हजार रूपैयाँ खर्च हुनेछ।

टिमहरू अन्तिम अभ्यासमा जुटिरहेका छन् भने विदेशी खेलाडी धमाधम नेपाल आइपुग्न थालेका छन्। केहीले त प्रशिक्षण पनि सुरु गरिसकेका छन्।

क्यानले सुरुका ६ खेलका लागि टिकट बुकिङ खोलेको छ। यसपटक क्यानले करिब ४० करोड संकलन गर्ने लक्ष्य राखेको छ। प्रायोजकबाट १५ देखि ३० करोड, टिम ओनरहरूबाट ९ करोड आउने अपेक्षा छ। यस्तै, डिसहोमले ५ करोड ३० लाखमा किनेको ओटिटी अधिकारबाट ७१ प्रतिशत क्यानले पाउनेछ। टिकट बिक्रीबाट मात्र ८ देखि १२ करोड उठ्ने अनुमान गरिएको छ।

पुरस्कार राशी भने यसपटक बढाइएन। गत सिजन डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले १ करोड १० लाख र उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख पाएका थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय