२०८२ चैत्र २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
भोलिदेखि मतदाता नामावली सङ्कलन पुनः सुरु | अमिशा पराजुलीलाई साईबर बुलिङ गर्ने एक जना रौतहटबाट पक्राउ | के हो सागर लम्साल ‘बले’ पक्राउ प्रकरण? के भएको थियो? | हेटौँडामा परीक्षा दिँदै गर्दा फेक क्यान्डिडेट पक्राउ, दुई जनामाथि अनुसन्धान | यस्तो छ एमाले बैठकको ६ बुँदे निर्णय | एक सातामै फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, काठमाडौँमा पेट्रोल २०२ रुपैयाँ | सुनको मूल्य यथावत्, चाँदीमा सामान्य वृद्धि | अनलाइन बोलपत्र ह्याक प्रकरण: निर्माण व्यवसायी सागर कटुवाल पक्राउ | रिक्त स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालय सक्रिय ७८ पालिकामा अधिकृत नियुक्त | सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टमाथि १० दिन थुनामा राख्न अदालतको आदेश |

राइड सेयरिङ सेवा पठाओ नेपालले राइडर छनोट प्रक्रिया झन् कडा बनाउँदै अब अनिवार्य रूपमा अनलाइन प्रशिक्षण र ८० प्रतिशत अंकसहितको परीक्षा पास गर्नुपर्ने नियम लागू गरेको छ। देशभर सेवा विस्तारसँगै काठमाडौँ बाहिरका चालकलाई लक्षित गर्दै यो प्रक्रिया पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गरिएको कम्पनीले जनाएको छ।

पठाओकी निर्देशक सुरक्षा हमालका अनुसार राइडर बन्न ब्लूबुक, सवारी चालक अनुमति पत्र र तेस्रो पक्ष बीमा अनिवार्य हुनेछन्। आवश्यक कागजात एपमार्फत अपलोड गरेपछि कम्पनीले २४ घण्टाभित्र प्रमाणीकरण प्रक्रिया पूरा गर्नेछ। त्यसपछि लर्निङ म्यानेजमेन्ट सिस्टम (एलएमएस) बाट अनलाइन प्रशिक्षण लिन सकिनेछ।

प्रशिक्षणपछि एपमै हुने परीक्षामा कम्तीमा ८० प्रतिशत अंक ल्याउनुपर्नेछ। असफल भएकाले भोलिपल्ट पुनः प्रशिक्षण लिएर फेरि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ।

कम्पनीका अनुसार डिजिटल मोडेल लागू भएपछि राइडर बन्ने प्रक्रिया झन् सजिलो र पारदर्शी बनेको छ। पास भएका राइडरलाई एसएमएसमार्फत सम्झौता पत्र प्राप्त हुने र हस्ताक्षर गरेपछि मात्र उनीहरू आधिकारिक रूपमा पठाओ राइडरका रूपमा सेवा दिन पाउनेछन्।

हमालका अनुसार, “सुरक्षा हाम्रो सेवाको आधार हो। अनिवार्य परीक्षा प्रणालीले जिम्मेवार र सुरक्षित सेवा सुनिश्चित गर्नेछ।” तथ्यांकअनुसार, करिब ८५ प्रतिशतले पहिलो प्रयासमै परीक्षा पास गर्छन्, बाँकीले दोहोर्‍याएपछि सफल हुने गरेका छन्।

हाल सक्रिय पठाओ राइडरको मासिक औसत आम्दानी ४०–५० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ। डिजिटल प्रणाली लागू भएपछि नयाँ आवेदनमध्ये उल्लेख्य संख्यामा चालकहरू उत्साहपूर्वक सहभागी भएको पनि पठाओले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय