२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्त, निष्पक्ष र भयरहित बनाउन राष्ट्रिय सुरक्षा परिषद्ले नेपाली सेना परिचालन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको परिषद्को ४१औँ बैठकले संविधानको धारा २६६(१) अनुसार सेनाको परिचालन आवश्यक भएको निष्कर्ष निकालेको हो। बैठकको निर्णयअनुसार परिषद्ले अब यही सिफारिस मन्त्रिपरिषद्मा पठाउनेछ।

बैठकले यस वर्षको आठौँ वार्षिक प्रतिवेदनको मस्यौदा पनि आवश्यक संशोधनसहित स्वीकृत गरेको छ। प्रतिवेदनलाई छिट्टै राष्ट्रपति समक्ष पेश गरिने जनाइएको छ।

बैठकमा पछिल्ला आन्तरिक तथा अन्तर्राष्ट्रिय घटनाक्रमले नेपालका सुरक्षा संरचनामाथि पार्न सक्ने जोखिम, सम्भावित चुनौती र आगामी रणनीतिबारे विस्तृत छलफल गरिएको परिषद् सचिवालयले जनाएको छ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल तथा प्रधानसेनापति अशोकराज सिग्देल उपस्थित थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय