२०८२ चैत्र २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
भोलिदेखि मतदाता नामावली सङ्कलन पुनः सुरु | अमिशा पराजुलीलाई साईबर बुलिङ गर्ने एक जना रौतहटबाट पक्राउ | के हो सागर लम्साल ‘बले’ पक्राउ प्रकरण? के भएको थियो? | हेटौँडामा परीक्षा दिँदै गर्दा फेक क्यान्डिडेट पक्राउ, दुई जनामाथि अनुसन्धान | यस्तो छ एमाले बैठकको ६ बुँदे निर्णय | एक सातामै फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, काठमाडौँमा पेट्रोल २०२ रुपैयाँ | सुनको मूल्य यथावत्, चाँदीमा सामान्य वृद्धि | अनलाइन बोलपत्र ह्याक प्रकरण: निर्माण व्यवसायी सागर कटुवाल पक्राउ | रिक्त स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालय सक्रिय ७८ पालिकामा अधिकृत नियुक्त | सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टमाथि १० दिन थुनामा राख्न अदालतको आदेश |

बाराको सिमरा क्षेत्रमा तीन दिनदेखि तानाबाना बिग्रिएर आइरहेको तनाव शुक्रबार साँझ अन्ततः न्यून हुँदै गएको छ। जेनजी समूह र स्थानीय प्रशासनबीच पथलैयास्थित सशस्त्र प्रहरी प्राविधिक शिक्षालयमा भएको चार घण्टे छलफलपछि परिस्थिति शान्त बन्दै, जेनजीले आफ्नो आन्दोलन अस्थायी रूपमा रोकेको हो।

जेनजीका बारा संयोजक सम्राट उपाध्यायका अनुसार प्रशासनले उनीहरूका ६ बुँदे माग सम्बोधन गर्ने मौखिक प्रतिबद्धता जनाएपछि तत्कालका सबै कार्यक्रम थामिएको हो। तर उनले स्पष्ट चेतावनी पनि दिए— “लिखित सहमति नभएसम्म आन्दोलन अन्त्य हुँदैन, सोमबारसम्म पर्खिन्छौँ।”

वार्तामा जेनजीले सुरक्षाकर्मीमाथि भएको कर्तव्य ज्यान मुद्दा अघि नबढेको, आक्रमणमा संलग्नहरू नपकडिएको र प्रहरी प्रशासन ‘निष्क्रिय’ रहेको आरोप दोहोर्याएको थियो। तर प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले आवश्यक निर्णयका लागि माथिल्लो तहसँग समन्वय आवश्यक पर्ने भन्दै मौखिक आश्वासन मात्र दिन सके।

सीडीओ मिश्रले भने “दोषी जो भए पनि कारबाही हुन्छ, यो विषयमा प्रशासन पछि हट्दैन।”

उनको आश्वासनपछि जेनजीका अगुवा सुदन गुरुङले मौखिक सहमतिलाई स्वीकार गर्दै आन्दोलन केही दिन स्थगित गर्ने निर्णयसँग सहमति जनाए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय