२०८३ आश्विन २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेशका सभापतिहरू सहभागी हुनेछन्।

यसअघि मंसिर ४ गतेका लागि बोलाइएको बैठक स्थगित भएको थियो। असोज २८ गतेदेखि जारी कार्यसमिति बैठकमा १५औँ महाधिवेशनको मिति राख्ने विषयमा मतभिन्नता बढेपछि बैठक पटक–पटक रोकिँदै आएको हो।

आजको बैठक मुख्यतः सहमतिको आधार खोज्ने उद्देश्यले बोलाइएको हो। केन्द्रीय सदस्यहरूले धारणा राखिसके पनि अनौपचारिक छलफलमा समाधान ननिस्केपछि पुनः बसिरहेको कांग्रेस नेताहरू बताउँछन्।

महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा लगायत नेताहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनभन्दा अघि, पुसभित्रै, महाधिवेशन सकिनुपर्ने माग गर्दै आएका छन्। तर सभापति शेरबहादुर देउवा पक्ष भने निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने अडानमा कडा रूपमा उभिएको छ।

आजको बैठकले दुवै धारबीचको दूरी घटाएर महाधिवेशन मिति टुंग्याउने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय