२०८३ असार १ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
संसद् भवन ढिलाइप्रति सभामुख आक्रोशित, ‘अब दैनिक १ करोड जरिवाना लाग्न सक्छ’ | पद्मा अर्यालको चुनौती– गिरीबन्धु, ओम्नी र वाइडबडीको फाइल खोल्नुस् | टेम्पो भीरमा खसालेको घटनाको सत्यतथ्य खोज्न पाँच सदस्यीय समिति | प्रहरीको व्यवहारप्रति हर्क साम्पाङको असन्तुष्टि, ‘नागरिकले सुरक्षा होइन त्रास महसुस गरिरहेका छन्’ | बजेटले दिएको भन्दा बढी लिएको छ : कांग्रेस सभापति गगन थापा | चर्चित सेफ सन्तोष साह किन परे हिरासतमा ? के हो मुद्दाको वास्तविकता ? | कैलालीमा टेम्पो भीरमा खसाल्ने कार्यमा संलग्न १० जना प्रहरी नियन्त्रणमा | संविधान संशोधनका लागि एमालेको कार्यदल सक्रिय : महेश बर्तौलालाई पाए जिम्मेवारी | विद्यालयमा खेलमैदान र खेल आधारित पाठ्यक्रम विकास गर्न मन्त्रालयको आग्रह | हेटौंडाबाट काठमाडौं सारिएको रास्वपा अधिवेशनमा आज निर्वाचन |

 एमाले अध्यक्ष केपी शर्मा ओलीले भृकुटीमण्डपमा आयोजित ठूलो जनसभामा वर्तमान सरकारलाई ‘नक्कली र असंवैधानिक’ भन्दै कडा शब्दमा आलोचना गरेका छन्। उनले सुशीला कार्कीको नेतृत्वमा बनेको सरकार संविधान मिचेर, हिंसा र तोडफोडको वातावरणमा जन्मिएको दाबी गर्दै यसको संवैधानिक परीक्षण अदालतले नगर्न नसक्ने बताएका छन्।

ओलीका अनुसार केही समयका लागि अवैधानिक ढङ्गले सत्ता कब्जा गरिए पनि लोकतान्त्रिक प्रणाली बलियो भएकाले अन्ततः सही मार्गमा फर्किनैपर्छ। उनले “अराजकताका आधारमा टिकेकाहरू धेरै लामो समय चल्दैनन्, एमाले चाँडै यस्ता प्रवृत्ति अन्त्य गर्छ,” भने।

सरकारलाई एमालेलाई उक्साउने, जिस्काउने गतिविधि नगर्न चेतावनी दिंदै उनले भने, “अब पनि यिनै काम दोहोरियो भने सरकारका लागि हितकर नहुनेछ।” उनले चुनाव गराउने चाहना नै सरकारमा नरहेको आरोप पनि दोहऱ्याए।

जेनजीको प्रसंग पुनः उठाउँदै ओलीले युवाहरूलाई भ्रमित पार्न यो नाम आगे सारिएको उल्लेख गरे। बाराको घटना जोड्दै उनले एसपीलाई अनावश्यक रूपमा तानिएको दाबी गरिरहेका थिए। “एमालेमाथि जेनजी आक्रमण गर्न नदिँदा प्रहरी अधिकृत सारियो,” उनको आरोप थियो।

त्यस्तै, प्रधानमन्त्री नियुक्तिमा जेनजीको मागलाई आधार बनाइएको उल्लेख गर्दै उनले अहिले जेनजीले नै प्रधानमन्त्रीलाई फिर्ता बोलाउन भनेको भन्दै राष्ट्रपतिलाई त्यसतर्फ गम्भीर बन्न सुझाए।
ओलीले अन्त्यमा सरकारलाई नाटक, भ्रष्टाचार र सुशासनको नाममा घृणा फैलाउने प्रवृत्ति रोक्न आग्रह गर्दै संवैधानिक बाटो नछाड्न चेतावनी दिए।

File Photo

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय