२०८२ चैत्र २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
भोलिदेखि मतदाता नामावली सङ्कलन पुनः सुरु | अमिशा पराजुलीलाई साईबर बुलिङ गर्ने एक जना रौतहटबाट पक्राउ | के हो सागर लम्साल ‘बले’ पक्राउ प्रकरण? के भएको थियो? | हेटौँडामा परीक्षा दिँदै गर्दा फेक क्यान्डिडेट पक्राउ, दुई जनामाथि अनुसन्धान | यस्तो छ एमाले बैठकको ६ बुँदे निर्णय | एक सातामै फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, काठमाडौँमा पेट्रोल २०२ रुपैयाँ | सुनको मूल्य यथावत्, चाँदीमा सामान्य वृद्धि | अनलाइन बोलपत्र ह्याक प्रकरण: निर्माण व्यवसायी सागर कटुवाल पक्राउ | रिक्त स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालय सक्रिय ७८ पालिकामा अधिकृत नियुक्त | सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टमाथि १० दिन थुनामा राख्न अदालतको आदेश |

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले तीनै सुरक्षा निकायका लागि आवश्यक सवारीसाधन खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ।

अर्थ मन्त्रालयबाट आवश्यक स्रोत उपलब्ध भएपछि नेपाल प्रहरीले चालु आर्थिक वर्षमा ८० करोड ४१ लाख रुपैयाँ बराबरका १५६ सवारीसाधन खरिद गर्ने तयारी गरेको छ। खरिद गरिने सवारीसाधनमा ७५ पिकअप भ्यान, २८ कार्यालय प्रयोजनका सवारीसाधन, ४१ विद्युतीय सवारीसाधन, एउटा प्रिजनर भ्यान र १० एस्कर्ट पिकअप भ्यान रहेका छन्।

सशस्त्र प्रहरीका लागि ५९ सवारीसाधन खरिद गर्न पनि अर्थ मन्त्रालयले स्रोत अनुमति प्रदान गरेको छ। यसमा ५० बोलेरो पिकअप, तीन विपद् उद्धार सवारीसाधन, तीन दङ्गा नियन्त्रण ट्रक र दुई एम्बुलेन्स रहेका छन्। राष्ट्रिय अनुसन्धान विभागका लागि ६ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न दुई करोड ८० लाख स्रोत स्वीकृत भएको छ।

गृह मन्त्रालयका अनुसार, जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीका ४६५ कार्यालय र विभिन्न सवारीसाधनमा क्षति पुगेको थियो। ४४९ कार्यालय मर्मत–सम्भारपछि सञ्चालनमा आएका छन् भने बाँकी १६ कार्यालय पनि चाँडै सञ्चालनमा आउनेछन्। साथै, ५७१ प्रहरी सवारीसाधनमा क्षति पुगेको अनुमान गरिएको छ।

मन्त्रालयले निर्वाचनअघि सुरक्षा निकायको सवारीसाधन अभाव नहोस् भनेर सबै तयारी पूरा गर्ने जनाएको छ। यस कदमले आगामी निर्वाचनको वातावरण सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय