२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

जेनजी आन्दोलनमा टीओबी समूहको संलग्नता रहे–नरेको विषयमा नेपाल प्रहरीले अनुसन्धानलाई अझ व्यापक बनाएको छ। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले लोगो डिजाइनदेखि आन्दोलनको दिनदेखिनै सक्रिय भूमिकासम्मका धेरै तथ्यहरू बाहिरिँदै गएको बताएका छन्।

प्रहरीका अनुसार हाल हिरासतमा रहेका तेन्जिन दावा लामाले नै टीओबी समूहको लोगो डिजाइन गरेको पुष्टि भएको छ। उनले बयानमा आफूलाई “आधा तिबेतियन” बताएको प्रहरीले जानकारी दिएको छ। भाद्र २३ गते दिउँसो बिजलीबजार क्षेत्रमा मोटरसाइकल पड्काउँदै नारा जुलुस चलाएको, भीडलाई उक्साउने क्रियाकलापमा प्रत्यक्ष संलग्न भएको पनि प्रहरीको भनाइ छ। तेन्जिनले यसअघि आफूले भीड उक्साउने गल्ती गरेको स्वीकारेको भट्टराईले बताए।

अनुसन्धानका क्रममा टीओबीमा रहेका अन्य सदस्य भने सबै नेपाली मूलका भएको प्रारम्भिक तथ्यले देखाएको प्रहरीको दाबी छ। प्रहरीले जेनजी आन्दोलनमा समूहको भूमिकाबारे थप प्रमाण जुटाउने काम निरन्तर भइरहेको जनाएको छ।

यससँगै जिल्ला प्रहरी परिसरले नेपाल प्रिमियर लिग (एनपीएल) मा अनधिकृत सट्टेबाजीमा संलग्न रहे–नरेको आरोपमा १० जनालाई पक्राउ गरेको छ। ती व्यक्तिहरूले २ करोड ५ लाख रुपैयाँ बराबरको अवैध कारोबार गरेको प्रारम्भिक जाँचले देखाएको भट्टराईले बताए। एनपीएलको सुरक्षा व्यवस्थाका लागि करिब ४ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीको जानकारी छ।

यस्तै, टोखा–९ नयाँ बसपार्कमा एक महिलाको हत्या आरोपमा २४ वर्षीय सूर्य थापालाई पक्राउ गरिएको छ। थापाले प्रारम्भिक सोधपुछमा अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय