मंगलबार सुनको मूल्यमा एकैदिन उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। सोमबार तोलामा ३ हजार ११५ रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार बढेर ३ हजार २०० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
व्यापारीहरूका अनुसार, सुन र चाँदीको बजारमा बढ्दो माग तथा अन्तर्राष्ट्रिय बजारको प्रभावले मूल्य वृद्धिमा भूमिका खेलेको देखिन्छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
