२०८३ आश्विन २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

पश्चिम नवलपरासीको परासीमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएपछि हाटबजारमा बंगुरको मासु बिक्रीमा तत्काल प्रतिबन्ध लगाइएको छ। रामग्राम नगरपालिकाले सूचना जारी गर्दै सबै हाटबजार व्यवस्थापनकर्तालाई बंगुरको मासु बिक्री नगर्न निर्देशन दिएको छ।

स्थानीय हाटबजारमा गत कात्तिक २६ गते दुई व्यापारीले बिक्री गरेको शंकास्पद मासुको नमुना परीक्षण गर्दा रोग पुष्टि भएको थियो। पशु रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणपछि पिसिआरका लागि काठमाडौँ पठाइएका नमूनामा पनि पोजेटिभ देखिएपछि जोखिम बढेको भन्दै बिक्री वितरणमा रोक लगाइएको हो।

जिल्ला प्रशासन कार्यालयले पनि बजार क्षेत्रमा बंगुरको मासु बिक्री वितरण नगर्न सबै व्यापारी र ग्राहकलाई सचेत रहन सूचना जारी गरेको छ। पशु सेवा विभागले यो रोग ‘अति खतरनाक’ महामारीजन्य रोग भएको बताउँदै फर्ममा पालन गरिएका बंगुरका लागि उच्च सावधानी अपनाउन किसानहरूलाई आग्रह गरेको छ।

रामग्राम क्षेत्रका केही फार्ममा पहिले नै बिरामी बंगुर फेला परेपछि स्वास्थ्य जोखिम बढेको र रोगको नियन्त्रणमा प्रशासनिक कदम आवश्यक रहेको जनाइएको छ।

 तस्बिरः बिकास अधिकारी

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय