२०८३ असार १ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बेलायतमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाइने | संसद् भवन ढिलाइप्रति सभामुख आक्रोशित, ‘अब दैनिक १ करोड जरिवाना लाग्न सक्छ’ | पद्मा अर्यालको चुनौती– गिरीबन्धु, ओम्नी र वाइडबडीको फाइल खोल्नुस् | टेम्पो भीरमा खसालेको घटनाको सत्यतथ्य खोज्न पाँच सदस्यीय समिति | प्रहरीको व्यवहारप्रति हर्क साम्पाङको असन्तुष्टि, ‘नागरिकले सुरक्षा होइन त्रास महसुस गरिरहेका छन्’ | बजेटले दिएको भन्दा बढी लिएको छ : कांग्रेस सभापति गगन थापा | चर्चित सेफ सन्तोष साह किन परे हिरासतमा ? के हो मुद्दाको वास्तविकता ? | कैलालीमा टेम्पो भीरमा खसाल्ने कार्यमा संलग्न १० जना प्रहरी नियन्त्रणमा | संविधान संशोधनका लागि एमालेको कार्यदल सक्रिय : महेश बर्तौलालाई पाए जिम्मेवारी | विद्यालयमा खेलमैदान र खेल आधारित पाठ्यक्रम विकास गर्न मन्त्रालयको आग्रह |

नेपाल क्रिकेट संघ (क्यान)ले मुलपानीस्थित क्रिकेट मैदानमा आधुनिक पूर्वाधार निर्माण गर्ने तयारी अघि बढाएको छ। यस अन्तर्गत क्यानले ‘मोडर्न इन्डोर क्रिकेट प्राक्टिस हल’ र खेलाडीहरूको बसोबासका लागि ‘होस्टेल’ निर्माण गर्ने योजनासहित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न इच्छुक फर्म वा परामर्शदाताबाट आशय पत्र आह्वान गरेको छ।

निर्माण हुने आधुनिक इन्डोर हलमा टर्फ र एस्ट्रो विकेट, लाइटिङ सिस्टम, भेन्टिलेसन र सुरक्षाका अत्याधुनिक मापदण्डहरू समावेश हुनेछन्। साथै, खेलाडीहरूको बसोबासका लागि २५ कोठाको होस्टेल निर्माण हुने छ, जसमा २० कोठा दुई जना बस्ने र ५ कोठा एकल बस्ने कोठा रहनेछन्। परिसरमा जिम, स्विमिङ पुल, कार्यालय, वासरुम, डाइनिङ हल र मनोरञ्जन क्षेत्रसमेत समेटिने क्यानले जनाएको छ।

डीपीआर तयार गर्ने परामर्शदाता वा फर्मले कम्तीमा ५ वर्ष खेलकुद पूर्वाधार वा आर्किटेक्चरल डिजाइनमा अनुभव हुनुपर्नेछ। साथै, क्रिकेट पूर्वाधारमा कम्तीमा ३ वर्षको अनुभव र आईसीसीका सदस्य राष्ट्रहरूमा यस्तै प्रकृतिको काम गरेको अनुभव अनिवार्य हुनेछ।

आवेदन दिने अन्तिम मिति सन् २०२५ डिसेम्बर १० अपरान्ह ३ बजे तोकिएको छ। इच्छुक कम्पनीहरूले आफ्नो आशय पत्र सफ्ट कपीमार्फत इमेलमार्फत बुझाउन सक्ने व्यवस्था गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय