२०८२ माघ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
झापा क्षेत्र नं ५ केन्द्रित ओलीको व्यस्त चुनावी कार्यक्रम | आयोगले ६ हजार ७४३ वडामा सञ्चालन गर्दै मतदाता शिक्षा कार्यक्रम | आजदेखि चुनावी सुरक्षार्थ निर्वाचन प्रहरी फिल्डमा खटाइयो | रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह सर्लाही भ्रमणमा | चुनावी दौडमा रहेका विनोद चौधरीको दुर्गेश थापासँग भेट | रुकुम पूर्वबाट दाङ जाँदै गरेको बोलेरो जिप सल्यानमा दुर्घटनाग्रस्त | नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो |

नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता प्रक्रिया अघि बढाएको छ। पार्टीका अनुसार प्रतिनिधिसभा विघटन ‘असंवैधानिक’ भएकाले तत्काल पुनर्स्थापना आवश्यक छ।

विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौलाले रिट पेश गरिएको पुष्टि गर्दै भने, “प्रतिनिधिसभा संविधान विपरीत भंग गरिएको छ, त्यसैले हामी कानुनी उपायमा गएका हौं।” रिट दर्ता प्रक्रिया भने अझै बाँकी रहेको छ।

जेन९जी आन्दोलनपछि भदौ २३ र २४ मा बदलिएको राजनीतिक परिस्थितिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन बाध्य बनाएको थियो। पछि आन्दोलनकारीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २७ भदौमा सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेका थिए।

यिनै कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको थियो। एमालेले त्यसै दिनदेखि यो कदमलाई असंवैधानिक रहेको दाबी गर्दै आएको छ। सर्वोच्चमा पुगेपछि अब यो राजनीतिक विवाद न्यायालयमा टुंगिने संकेत देखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय