२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

जेनजी आन्दोलनका क्रममा जिल्लाका विभिन्न स्थानमा देखिएका तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्न ४३ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दर्ता भएका उजुरी र तथ्यांकको आधारमा उनीहरूलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाएको जानकारी दिएको छ।

प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी रविन्द्र खनालका अनुसार पक्राउ परेकामाथि आपराधिक उपद्रव, चोरी, अभद्र व्यवहार तथा लागुऔषधसम्बन्धी कसुरमा छुट्टाछुट्टै मुद्दा दायर गरिएको छ। आवश्यक अनुसन्धानका लागि उनीहरूको म्याद थपेर कानुनी दायरामा ल्याउने काम भइरहेको खनालले बताए।

आन्दोलनका बीच सरकारी तथा निजी संरचनाहरू लक्षित गर्दै आगजनी, ढुंगा प्रहार, तोडफोड र लुटपाटजस्ता घटनाहरू बढेपछि प्रहरीले परिचालन कडा गरेको थियो। आन्दोलनमा घुसपैठ गरी अराजक गतिविधि गर्ने समूहलाई पहिचान गरेर नियन्त्रणमा लिने उद्देश्यसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले सार्वजनिक गरेको तथ्यांक अनुसार आन्दोलनका क्रममा ७९ वटा सार्वजनिक संरचना क्षतिग्रस्त भएका छन्। त्यस्तै १६ वटा निजी आवास तथा व्यावसायिक प्रतिष्ठानमा तोडफोड र आगजनी भएको र तीन वटा विभिन्न राजनीतिक दलका कार्यालयसमेत नष्ट भएको उल्लेख छ।

प्रहरीले परिस्थितिलाई नियन्त्रणमा लिएका घटनाहरूको थप अनुसन्धान चलिरहेको र संलग्न सबैलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय