२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

मधेश प्रदेश सरकारले स्नातक तह उत्तीर्ण गरी बेरोजगार रहेका युवाहरूलाई जीवननिर्वाह भत्ता उपलब्ध गराउने तयारी गरेको छ। मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार पत्रकार सम्मेलनमार्फत यस्तो निर्णयको जानकारी दिएका छन्।

मुख्यमन्त्री यादवका अनुसार, प्रदेशभित्र १८–३५ वर्ष उमेर समूहका करिब १ लाख ४८ हजार स्नातक पास गरी बेरोजगार युवा रहेका छन्। रोजगारी नपाउँदा कतिपय युवा गलत क्रियाकलापतर्फ तिरिएको अवस्था देखिँदा सरकारले उनीहरूलाई सही दिशामा लग्ने उद्देश्यसहित प्रतिमहिना दुई हजार रुपैयाँ भत्ता उपलब्ध गराउने योजना अघि बढाएको हो।

यस्तै, बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्‍याएका किसानहरूलाई पनि राहत प्रदान गर्ने निर्णय गरिएको छ। डुबानमा परी धानबाली गुमाएका किसानहरूले स्थानीय तहमा क्षति विवरण दर्ता गरेपछि, सरकारले प्रतिकट्ठा १ हजार ५०० रुपैयाँ रकम उपलब्ध गराउने जनाएको छ।

मुख्यमन्त्रीले यस योजनामार्फत बेरोजगार युवालाई आर्थिक सहयोगसँगै सही मार्गदर्शन गर्ने र कृषक परिवारलाई आंशिक राहत उपलब्ध गराउने उद्देश्य रहेको स्पष्ट पारेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय