२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

वैकल्पिक राजनीतिको नारासहित अघि बढेका दुई दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाबीच एकीकरण गर्ने सहमति औपचारिक रूपमा बनेको छ। बुधबार भएको भेलाबाट एकतासम्बन्धी निर्णय पारित भएको र आइतबार राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रममार्फत एकता घोषणा गर्ने तयारी गरिएको छ।

विवेकशील साझाले अन्य दलहरूसँग सहकार्य र सम्भावित एकीकरणका लागि गठन गरेको समितिको नेतृत्व उपाध्यक्ष प्रकाशचन्द्र परियारले गरेका थिए। त्यही समितिको प्रस्ताव पारित भएपछि रास्वपासँग एकतामा जाने अन्तिम टुंगो लागेको हो। एकीकरणको विस्तृत खाका भने अझै सार्वजनिक गरिएको छैन।

यसअघि रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्ज्वल थापा नेतृत्वको विवेकशील दलबीच एक मनएक भएर विवेकशील साझा बने पनि, आन्तरिक विवादले थापा समूह अलगिएको थियो। पछि धेरै नेताहरू पुनः साझामा फर्किए, तर मिश्र भने आफ्नो समूहसहित राप्रपामा गएका थिए।

स्थानीय र संघीय निर्वाचनको प्रारम्भिक चरणमा विवेकशील साझाले केही प्रभाव देखाए पनि पछिल्ला वर्षहरूमा पार्टी कमजोर हुँदै गएको थियो। २०७९ मा भएका तीनै तहका निर्वाचनमा पार्टीको उपस्थिति उल्लेख्य देखिएन। सोही चुनावबाट रवि लामिछाने नेतृत्वको रास्वपाले भने ठूलो सफलता हासिल गर्दै चौथो शक्ति बनेको थियो। अहिले भने सभापति लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय