२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा |

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आज दुई रोमाञ्चक खेलसँग अघि बढ्दैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सका खेलहरू हुनेछन्।

बिहान ११:४५ बजे सुरु हुने पहिलो खेलमा रोहितकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्सले लगातार तीन जितसहित शीर्षस्थानमा बसेको दीपेन्द्रसिंह ऐरीको सुदूरपश्चिम रोयल्सलाई चुनौती दिनेछ। सुदूरपश्चिम अङ्क तालिकामा ६ अङ्कसहित अगाडि छ भने तीन खेलमा एक मात्र जित निकाल्न सकेको लुम्बिनी आजको खेलमार्फत तालिका सुधार गर्ने लक्ष्यमा छ।

अपराह्न ४ बजे हुने दोस्रो भिडन्तमा साविकको च्याम्पियन जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स पहिलो जितको खोजीमा मैदान उत्रनेछन्। अनिल शाहको जनकपुर र कुशल भुर्तेलको पोखरा दुवै टोली पछिल्ला हारपछि दबाबमा छन्।

यही खेलमा जनकपुर बोल्ट्सले विशेष पहल गर्दै आफ्ना खेलाडीहरूलाई आमाको नाम अंकित जर्सीमा खेलाउने निर्णय गरेको छ। आफ्ना खेलाडी ललित राजवंशीकी आमाप्रति सम्मान व्यक्त गर्न सुरु गरिएको यो अवधारणाले दर्शकको ध्यान आकर्षित गरेको छ। खेलपछि ती जर्सीहरू लिलामीमार्फत बेचिने र उठेको रकम विभिन्न आमा समूहलाई सहयोगका रूपमा प्रदान गरिने जनकपुरको योजनामा उल्लेख छ।

जनकपुरको यो भावनात्मक अभियानलाई पोखरा एभेन्जर्सले पनि खुलेर समर्थन गरेको छ। पोखराका अध्यक्ष सुबोध त्रिपाठीले आमाहरूको सम्मानलाई खेलसँग जोडिएको देख्दा खुशी लागेको बताए। उनले पोखरा टोलीले जलवायु परिवर्तनबारे सन्देश दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा यस्ता सामाजिक अभियानमा सहकार्य गर्न तयार रहेको बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय