२०८२ चैत्र २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
के हो सागर लम्साल ‘बले’ पक्राउ प्रकरण? के भएको थियो? | हेटौँडामा परीक्षा दिँदै गर्दा फेक क्यान्डिडेट पक्राउ, दुई जनामाथि अनुसन्धान | यस्तो छ एमाले बैठकको ६ बुँदे निर्णय | एक सातामै फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, काठमाडौँमा पेट्रोल २०२ रुपैयाँ | सुनको मूल्य यथावत्, चाँदीमा सामान्य वृद्धि | अनलाइन बोलपत्र ह्याक प्रकरण: निर्माण व्यवसायी सागर कटुवाल पक्राउ | रिक्त स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालय सक्रिय ७८ पालिकामा अधिकृत नियुक्त | सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टमाथि १० दिन थुनामा राख्न अदालतको आदेश | बादलको अभिव्यक्तिपछि एमालेमा हलचल सचिवालय बैठक बोलाइयो | सार्वजनिक सेवा र कर्मचारी आचरणमा सुधारका लागि मुख्य सचिवले दिए सबै निकायलाई कडा निर्देशन |

सहकारी ठगी र संगठित अपराधको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा आज उच्च अदालत बुटवलमा पेशीमा चढेको छ। गत हप्ता स्थगित भएको सुनुवाइलाई उच्च अदालतले पुनः तय गरेको जानकारी अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले दिएका छन्।

सुप्रिम सहकारी ठगी प्रकरणमा १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर दुवैलाई प्रतिवादी बनाइएकाे हो। लामिछाने र जोशीले आफूहरूको अंशअनुसार २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको जमानत पेश गरे पनि जिल्ला अदालतले बिगो अन्तिम रूपमा निश्चित नभएको भन्दै साउन २६ गते उनीहरूलाई रिहा नगर्ने आदेश जारी गरेको थियो।

सो फैसलाविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए। हाल रवि काठमाडौं कारागारमा छन् भने छविलाल जोशी भैरहवा कारागारमा बसेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय