२०८३ असार १ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बेलायतमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाइने | संसद् भवन ढिलाइप्रति सभामुख आक्रोशित, ‘अब दैनिक १ करोड जरिवाना लाग्न सक्छ’ | पद्मा अर्यालको चुनौती– गिरीबन्धु, ओम्नी र वाइडबडीको फाइल खोल्नुस् | टेम्पो भीरमा खसालेको घटनाको सत्यतथ्य खोज्न पाँच सदस्यीय समिति | प्रहरीको व्यवहारप्रति हर्क साम्पाङको असन्तुष्टि, ‘नागरिकले सुरक्षा होइन त्रास महसुस गरिरहेका छन्’ | बजेटले दिएको भन्दा बढी लिएको छ : कांग्रेस सभापति गगन थापा | चर्चित सेफ सन्तोष साह किन परे हिरासतमा ? के हो मुद्दाको वास्तविकता ? | कैलालीमा टेम्पो भीरमा खसाल्ने कार्यमा संलग्न १० जना प्रहरी नियन्त्रणमा | संविधान संशोधनका लागि एमालेको कार्यदल सक्रिय : महेश बर्तौलालाई पाए जिम्मेवारी | विद्यालयमा खेलमैदान र खेल आधारित पाठ्यक्रम विकास गर्न मन्त्रालयको आग्रह |

जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगले राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख हुतराज थापासँग बयान लिएको छ। बुधबार साँझ आयोगले उनीसँग विस्तृत रूपमा प्रश्न–उत्तर गरेको पुष्टि भएको छ।

थापा भदौ २८ मा तीन वर्षे कार्यकाल पूरा गरी सेवा निवृत्त भएका थिए। जेनजी प्रदर्शनको संवेदनशील चरणमा उनी राष्ट्रिय अनुसन्धान विभागका प्रमुख रहेकाले आयोगले उहाँबाट घटनाको पृष्ठभूमि, निर्णय प्रक्रिया र सूचनाहरूबारे जानकारी लिएको बताइएको छ।

गौरीबहादुर कार्कीको नेतृत्वमा गठन भएको आयोगलाई आन्दोलनको पहिलो दिन किशोरको ज्यान जाने गरी भएको गोली प्रयोग कानुनसम्मत थियो कि थिएन भन्ने विषयमा छानबिन गर्ने कार्यादेश दिइएको छ। साथै, २४ गते विभिन्न ठाउँमा भएको तोडफोड र क्षतिको कारण तथा जिम्मेवारीबारे पनि आयोगले अध्ययन गरिरहेको छ।

आयोगले यति बेला सुरक्षाका अन्य जिम्मेवार अंगहरूका अधिकारीहरूबाट पनि क्रमशः बयान संकलन गरिरहेको जनाइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय