२०८३ आश्विन २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठकमा सांसदहरूले आगामी निर्वाचन सफल बनाउन सरकार सबै राजनीतिक शक्तिको विश्वास जित्नुपर्ने सुझाव दिएका छन्। बिहीबार सिंहदरबारमा बसेको छलफलमा सांसदहरूले गृहमन्त्री ओमप्रकास अर्याललाई चुनावको पूर्वतयारीमा सर्वदलीय भरोसा अत्यावश्यक रहेको भन्दै स्पष्ट सन्देश दिएका हुन्।

सांसद पदम परियारले हाल देखिएका ‘एकले अर्कोलाई निषेध गर्ने’ प्रवृत्तिले वातावरण बिग्रिरहेको उल्लेख गर्दै बारा सिमरा घटना र कैलाली घटनालाई उदाहरणका रूपमा राखे। उनले जेनजी–पार्टी र पार्टी–पार्टीबीच बढ्दो टकरावलाई सरकार कसरी नियन्त्रण गर्छ भनेर प्रश्न उठाए।

छलफलमा अन्य सांसदहरूले पनि निर्धारित समयमा निर्वाचन गर्न सरकार जिम्मेवार र विश्वासिलो देखिनै पर्ने बताएका छन्। उनीहरूको भनाइमा, राजनीतिक सहमति र आपसी भरोसा बिना निर्वाचनको विश्वसनीयता कमजोर हुन सक्छ, त्यसैले सरकारले दलहरूबीच संवाद र सहकार्य बढाउन अग्रसर हुनुपर्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय