२०८३ आश्विन १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

साताको अन्तिम दिन सुन–चाँदी बजार फेरि तातिएको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले उकालिँदै २ लाख ५० हजार रूपैयाँको हाराहारी पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५० हजार ६ सय रुपैयाँ पुगेर यो साताकै उच्च बिन्दुमा पुगेको हो। अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र स्थानीय माग बढ्नु मूल्य वृद्धि का प्रमुख कारण मानिएको छ।

यससँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। अघिल्लो दिन ३२ सय ८० रुपैयाँमा रहेको चाँदी आज तोलामा ३३ सय ४५ रुपैयाँ नाघेको छ। एकैदिन ६५ रुपैयाँ वृद्धि हुँदै चाँदी पनि सुनसँगै महँगिएको छ।

धातु बजार हरेक दिन उतारचढाव देखिएकाले व्यवसायीहरूले सावधानीपूर्वक किनबेच गर्न उपभोक्ताहरूलाई आग्रह गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय