२०८२ मंसिर २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले गरे पार्टीभित्र चुनाव नलड्ने निर्णय | आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक व्यक्त गर्न कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक | नेपाली बजारमा सुनले तोड्यो कीर्तिमान मूल्य हालसम्मकै उच्च | एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय नै रहने निर्णय | सैन्य परिषद्का सदस्य रायद साद इजरायलको हवाई आक्रमणमा मारिए | पश्चिमी वायूको प्रभावले ५ डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम | रोहित पौडेलले एकै सिजनमा जिते उपाधि, कार र बाइक | बन्दसत्र स्थगित गर्दै एमालेले केन्द्रीय समिति बैठक डाक्यो विधान संशोधन मुख्य एजेन्डा | पहाडी भेगमा आंशिक बदली बाँकी क्षेत्रमा मौसम खुला रहने पूर्वानुमान | प्रतिनिधिसभा निर्वाचन हुन अब ८१ दिन मात्र बाँकी दलहरूको गतिविधि तीव्र |

अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौँ–१५ डल्लु बस्ने मोहम्मद सेफलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार, बारा कलैया नगरपालिका घर भई काठमाडौँ बस्दै आएका सेफले अभौतिक मुद्रा (क्रिप्टो करेन्सी)को कारोबार गर्दै आएको सूचना प्राप्त भएको थियो। सोही आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।

पक्राउको क्रममा प्रहरीले सेफको प्रयोगमा रहेका दुई थान मोबाइलसमेत नियन्त्रणमा लिएको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा सेफले १९ करोड ८१ लाख ४९ हजार ५ सय ८१ रुपैयाँभन्दा बढी बराबरको क्रिप्टो कारोबार गरेको पाइएको छ।

अधिकारिहरूका अनुसार, अभौतिक मुद्रा प्रयोगसम्बन्धी कानुन उल्लङ्घन भएकाले जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय