२०८२ मंसिर २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले गरे पार्टीभित्र चुनाव नलड्ने निर्णय | आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक व्यक्त गर्न कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक | नेपाली बजारमा सुनले तोड्यो कीर्तिमान मूल्य हालसम्मकै उच्च | एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय नै रहने निर्णय | सैन्य परिषद्का सदस्य रायद साद इजरायलको हवाई आक्रमणमा मारिए | पश्चिमी वायूको प्रभावले ५ डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम | रोहित पौडेलले एकै सिजनमा जिते उपाधि, कार र बाइक | बन्दसत्र स्थगित गर्दै एमालेले केन्द्रीय समिति बैठक डाक्यो विधान संशोधन मुख्य एजेन्डा | पहाडी भेगमा आंशिक बदली बाँकी क्षेत्रमा मौसम खुला रहने पूर्वानुमान | प्रतिनिधिसभा निर्वाचन हुन अब ८१ दिन मात्र बाँकी दलहरूको गतिविधि तीव्र |

सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–१२ स्थित गोब्राही आधारभूत विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक लिएर शैक्षिक भ्रमणमा जाँदै गरेको जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

कुपिण्डे ताल जाँदै गरेको रा१ज ८७१ नम्बरको जिप शुक्रबार दिउँसो १ बजे तालनजिकै पर्ने आग्नेटा भन्ने ठाउँमा अनियन्त्रित भई सडकमै पल्टिएको थियो।

जिल्ला प्रहरी सल्यानका प्रमुख डीएसपी हेमबहादुर केसीका अनुसार जिपमा २० जना सवार थिए। दुर्घटनामा घाइते भएका सबै शिक्षक, विद्यार्थी र अभिभावक हुन्। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको छ।

डीएसपी केसीले घाइते टोपेन्द्र केसीको अवस्था गम्भीर रहेको बताए। दुर्घटनामा संलग्न जिप चालक, कालीमाटी गाउँपालिका–३ फारुलाका २९ वर्षीय प्रकाश घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय