२०८३ आश्विन २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–१२ स्थित गोब्राही आधारभूत विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक लिएर शैक्षिक भ्रमणमा जाँदै गरेको जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

कुपिण्डे ताल जाँदै गरेको रा१ज ८७१ नम्बरको जिप शुक्रबार दिउँसो १ बजे तालनजिकै पर्ने आग्नेटा भन्ने ठाउँमा अनियन्त्रित भई सडकमै पल्टिएको थियो।

जिल्ला प्रहरी सल्यानका प्रमुख डीएसपी हेमबहादुर केसीका अनुसार जिपमा २० जना सवार थिए। दुर्घटनामा घाइते भएका सबै शिक्षक, विद्यार्थी र अभिभावक हुन्। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको छ।

डीएसपी केसीले घाइते टोपेन्द्र केसीको अवस्था गम्भीर रहेको बताए। दुर्घटनामा संलग्न जिप चालक, कालीमाटी गाउँपालिका–३ फारुलाका २९ वर्षीय प्रकाश घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय